गौरीगंगाको मोहन्याल माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न
बढैपुर - कैलालीको गौरीगंगा नगरपालिका ५ मा रहेको मोहन्याल माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। सोमबार गौरीगंगा नगरपालिका- ५ अण्डैयास्थित मोहन्याल माध्यमिक विद्यालयको ४२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
समारोहका प्रमुख अतिथि प्रदेश सभा सदस्य तुलसी देवकोटाले शिक्षाको गुणस्तर सुधारमा सबैको साझा प्रयास आवश्यक रहेको बताए । उनलेे सामुदायिक विद्यालयलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन स्थानीय सरकार, विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकबीच सहकार्य हुनुपर्ने धारणा व्यक्त गरे ।
देवकोटाले “विद्यार्थीहरू राष्ट्रको भविष्य भएकाले उनीहरूको उज्ज्वल भविष्य निर्माणका लागि गुणस्तरीय शिक्षा अपरिहार्य छ,” भन्दै विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आफू...




