साइपाल गाउँपालिकाका मतदान केन्द्रमा पुग्न कर्मचारीलाई तीन दिन पैदल यात्रा
बझाङ- दुर्गम हिमाली भूगोलका कारण साइपाल गाउँपालिकाका मतदान केन्द्रमा निर्वाचन गराउन खटिएका कर्मचारी तथा सुरक्षाकर्मी तीन दिनसम्म पैदल हिँडेर कार्यक्षेत्रतर्फ प्रस्थान गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार साइपालका तीन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षाकर्मीले निर्वाचन सामग्री बुझेर शनिबार, आइतबार र सोमबार गरी चरणबद्ध रूपमा सदरमुकाम चैनपुरबाट यात्रा सुरु गरेका हुन् । दुर्गम भूगोलका कारण सम्बन्धित केन्द्रसम्म पुग्न तीन दिनसम्म पैदल यात्रा गर्नुपर्ने भएकाले टोलीलाई समयमै पठाइएको मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार काँडा माध्यमिक विद्यालय, काँडा मतदान केन्द्रमा मतदान अधिकृत दीपकराज जोशी, धुली माध्यमिक विद्यालय, धुली मतदान केन्द्रमा खगेन्द्र चन्द तथा सामुदायिक भवन, एराङकुरीडाँडा मतदान केन्द्रमा दिनेशप्रसाद पण्डित आ...




