बित्थडचिरका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको डेढ महिनामै सरुवा, छोटो समयमा नमुनात्मक काम
देउलेख- बझाङको बित्थडचिर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर ज्ञवाली डेढ महिनामै सरुवा भएका छन् । ज्ञवाली कार्तिक १८ गते गाउँपालिकाको कार्यालयमा हाजिर भएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ १२ गते श्रम तथा रोजगार मन्त्रालयमा कार्यरत ज्ञवालीलाई बित्थडचिर गाउँपालिकामा खटाएको थियो ।
सरुवा भएसँगै ज्ञवाली अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जाने तयारीमा रहेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरुवा भएपछि गाउँपालिका केही समयका लागि प्रशासकीय नेतृत्वविहीन हुने भएको छ, जसका कारण प्रशासनिक कामकाज प्रभावित हुने देखिएको छ । सरुवा भएका प्रमुखको गाउँपालिकाले मंगलबार उनको कार्यको सम्मान सहित बिदाइ गर्दैछ ।
यता गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइदिन माग गर्दै सम्बन्धित मन्त्रालयमा पत्राचार गर्ने तयारी गरेको जनाएको छ ।
छोटो समयमा नमुनात्मक काम
डेढ मह...


