एनपीएमा कर्णाली याक्समाथि सुदूरपश्चिम रोयल्सको रोमाञ्चक जित, कर्णाली ४५ रनले पराजित
काठमाण्डौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्समाथि रोमाञ्चक जित निकालेको छ । आज भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ४५ रनले हराएको हो । सुदूरपश्चिमले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली १९ आभेर २ बलमा ९४ रनमा अलआउट भयो ।
कार्णालीका पवन सर्फले २७ र मार्क वाटले १७ रन बनाए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए । यस्तै हर्मित सिंह र अविनाश बोहराले समान २ र हेमन्त धामीले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए । यो सँगै सुदूरपश्चिमको लगातार तेस्रो खेलमा जित निकालेको छ ।
लगातार तीन खेल जितेको सुदूरपश्चिम अङ्क तालिकाको द...





