सेवानिवृत प्रधानाध्यापक जोशीको बिदाई
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका ७ मा रहेको भुमिराज आधारभु विद्यालयका सेवानिवृत प्रधानाध्यापक देवदत्त जोशीको बिदाई गरिएको छ । ४० वर्ष लामो शिक्षण पेशाबाट मंसिर २ गतेदेखि उमेरहदका कारण अनिवार्य अवकास भएपछि जोशीको आइतबार एक समारोहका बीच बिदाई तथा सम्मान गरिएको हो ।
बित्थडचिर गाउँपालिका उपाध्यक्ष धनलक्ष्मी सिंह मल्लको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समिति अध्यक्ष रघुनाथ जोशीको अध्यक्षतामा विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरि सेवानिवृत प्रधानाध्यापक जोशीको विदाई कार्यक्रम सम्पन्न गरिएको विद्यालयका शिक्षक भक्त अधिकारीले जानकारी दिए ।
२०२२ साल मंसिर २ गते साविक सुनकुडा गाविस ६, हालको बित्थडचिर गाउँपालिका ७ टुडिखाणमा बुबा हरिलाल जोशी तथा आमा नन्दा देवी जोशीको कोखबाट जन्मिनु भएका जोशी २०४२ सालदेखि शिक्षण पेसामा अवद्ध भए । एसएलसी पास गरि सुनकुडा माध्यामिक विद्यालयमा सट्टा शिक्षकको रुप...






