सुर्मा गाउँपालिकामा बाख्रा चराउने क्रममा भालुको आक्रमणबाट एक जना घाइते
बझाङ- बझाङको सुर्मा गाउँपालिकामा बाख्रा चराउन गएका एक युवक भालुको आक्रमणबाट घाइते भएका छन् । सुर्मा गाउँपालिका–२ गजौनका २७ वर्षीय बिक्रम रोकाया भालुको आक्रमणबाट घाइते भएका हुन् । बुधबार जंगलमा बाख्रा चराउने क्रममा ‘सम्राल’ वनक्षेत्रमा रोकायालाई दिउँसो करिब १ बजेतिर अचानक भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
रोकायाको टाउको, अनुहार, हातलगायत शरीरका विभिन्न भागमा गम्भीर घाउ परेको छ। उनले तत्कालै प्रतिकारस्वरूप लात्ताले प्रहार गर्दा भालु भागेको प्रहरीले बताएको छ।
घाइते रोकायाको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल बझाङमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ।...






