
शिक्षक रामचन्द्र मण्डेल अनिवार्य अवकाश, विद्यालयद्वारा विदाइ, ३१ हजारको अक्षकोष स्थापना
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा अवस्थित मजखाेरी माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक रामचन्द्र मण्डेलको अनिवार्य अवकाशसँगै सम्मानपूर्वक विदाइ गरिएको छ । विद्यालयले सोमबार आयोजना गरेको विशेष कार्यक्रममा प्रावि तहमा लामो समयसम्म सेवा पुर्याएका मण्डेललाई दोसल्ला, खादामाला र नागरिक अभिनन्दनसहित सम्मानपूर्वक विदाइ गरेको हो ।
गाउँपालिका उपाध्यक्ष लक्षिमन बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय बहादुर धामीले विदाइ कार्यक्रममा विद्यालय परिवार भावविह्वल बनेको जानकारी दिए ।
शिक्षक मण्डेलले स्थायी रूपमा ३८ वर्ष र अन्य गरी जम्मा ४४ वर्ष अध्यापन गरेको स्मरण गर्दै आफ्नो शिक्षण यात्राका अनुभवहरू कार्यक्रममा बाँडे । उनले विद्यार्थीलाई मन लगाएर अध्ययन गर्न, शिक्षकहरूलाई कर्तव्यप्रति निष्ठावान रहन आग्रह गर्दै विद्यालयका लाग...