
युवाहरू तयार भए म पद छोड्न तयार छु- प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेको समय युवाहरूको भएको उल्लेख गर्दै देश विकासका जिम्मेवारी उनीहरूले सम्हाल्नुपर्ने बताए।
ओलीले भने, “यो युवाहरूको समय हो। युवाहरूले अघि बढ्नुपर्छ, देश विकासमा लाग्नुपर्छ। म त पद छोड्न तयार नै छु, तर युवाहरू पनि तयार हुनुपर्छ। म त उनीहरूलाई इन्करेज गर्न चाहन्छु।”
प्रधानमन्त्री ओलीले वैज्ञानिक अनुसन्धान, अध्ययन, आविष्कार र विकासमार्फत मुलुकले द्रुतगतिमा प्रगति गर्न सक्ने विश्वास पनि व्यक्त गरे।...