डडेल्धुरा अस्पतालमा विश्व स्तनपान सप्ताह सुरु
डडेल्धुरा- डडेल्धुरा अस्पतालले विश्व स्तनपान सप्ताह विविध कार्यक्रमहरूसहित सुरु गरेको छ। स्तनपान अमृत समान भन्ने नारासहित आज अस्पतालले उक्त कार्यक्रमको सुरुवात गरेको हो ।
आज अस्पताल व्यवस्थापन समिति अध्यक्ष करुणाकर ओझाको अध्यक्षतामा स्तनपान सप्ताह कार्यक्रमको शुभारम्भ गरिएको हो ।
सप्ताहको पहिलो दिनमै अस्पताल परिसर सांगीतिक गीत, जनचेतनामूलक नाटक, र स्वास्थ्य शिक्षामूलक सन्देशहरूले गुञ्जायमान बन्यो। नर्सिङ अधिकृत नाओमी बुढाका अनुसार, स्तनपानका फाइदा, आमाको दूधको महत्व, र स्तनपानलाई बच्चाको पहिलो खोपको रूपमा प्रस्तुत गर्दै सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको प्रमुख आकर्षण “बच्चा जन्मिएको १ घण्टा भित्र स्तनपान सुरु गरौं” भन्ने सन्देशमा आधारित नाटक रह्यो, जसले दर्शकहरूलाई स्तनपानको तत्काल सुरुवातको महत्वबारे सचेत गरायो। त्यसपछि प्रस्तुत गरिएका लोकगीत तथा ...






