अन्तर्राष्ट्रिय लागू औषधविरुद्धको दिवसमा कृष्णपुर–१ मा सचेतनामूलक र्याली
कञ्चनपुर– अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध तस्करीविरुद्धको दिवसको अवसरमा कृष्णपुर नगरपालिका–१ मा सचेतनामूलक र्याली आयोजना गरिएको छ।
बैजनाथ बाल क्लबको आयोजनामा तथा वडा नं. १ को आर्थिक सहयोगमा संचालन गरिएको र्याली दोमिल्लास्थित राधाकृष्ण मन्दिरबाट सुरु भई पहरिया वडा कार्यालयसम्म सम्पन्न भएको हो।
झण्डै ४ किलोमिटर लामो सो र्यालीमा वडा नम्बर १ का जनप्रतिनिधि, अस्थायी प्रहरी पोस्ट पहरियाका प्रतिनिधि, शिक्षक, विभिन्न विद्यालयका बाल क्लब पदाधिकारी लगायत स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो।
र्यालीमा ८२ जना बालबालिकासहित १०–१५ जना विभिन्न संघसंस्थाका कर्मचारीहरू सहभागी थिए।
कार्यक्रमका क्रममा सहभागीहरूले लागू औषधको प्रयोगले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे जनचेतना फैलाउने उद्देश्यले प्लेकार्ड र नाराबाजीसहित प्रदर्शन गरेका थिए।
बालमैत्री समाज निर्माणका लागि वडा नं. १ ...









