बझाङमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि संयुक्त बैठक सम्पन्न
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि व्यापक सहभागिता सहित संयुक्त बैठक सम्पन्न भएको छ । सदरमुकाम चैनपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित उक्त बैठकमा जयपृथ्वी नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक संघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
उक्त बैठक १२ वटै स्थानीय तहमा लागू हुने गरी यही २०८२ वैशाख २४ र २५ गते सञ्चालन गरिएको हो। कार्यक्रम साईपाल विकास समाजको आयोजनामा विश्वखाद्य कार्यक्रमको आर्थिक सहयोग र विश्व शिक्षा नेपालको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
शैक्षिक गुणस्तर सुधारका लागि जयपृथ्वी नगरपालिकाका ४६ वटै विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विश्व शिक्षा नेपालका जिल्ला अधिकृत पदमसिँह धामीले गुणस्तरीय शिक्षा आजको आवश्यकता ...

