कक्षा १२ को परीक्षा स्थगित, नयाँ मिति चाँडै सार्वजनिक हुने
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ। पर्सि (बिहीबार) देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
यसअघि सोमबार बिहान मात्रै बोर्डले सरकारले चाहे निजामती कर्मचारीमार्फत् भए पनि परीक्षा लिने बताएको थियो र आन्दोलनरत शिक्षकहरूलाई चेतावनी दिएको थियो।
तर निजामती कर्मचारीहरूले परीक्षा सञ्चालन गर्न असमर्थता जनाएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
परीक्षा गर्न सकिने अवस्था नदेखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बोर्ड अध्यक्षलाई परीक्षा सार्न सुझाव दिएका थिए।
...







