अदालतको आदेशको सम्मान गर्दै स्वेच्छाले गिरफ्तारीमा– लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेले अदालतको आदेशको सम्मान गर्दै आफैँ आजै स्वेच्छाले गिरफ्तारी दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा सम्बोधन गर्दै लामिछानेले भने, "सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आजै अहिले नै स्वेच्छाले गिरफ्तारी दिँदैछु। न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् भन्ने विश्वास छ। म न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउने छु।"
आफूमाथि ठूलो अन्याय भएको दाबी गर्दै उनले चितवनमा आयोजना गरिएको सभा नरोक्न आग्रह रमेत गरे। "चितवनको सभा नरोक्नुस्," भन्दै उनले स्पष्ट पारे, "यो मेरो व्यक्तिगत न्यायको लडाइ हो, र यसले जनतासँगको सम्बन्ध नतोडियोस्।"
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो। बुटवलको सुप्रिम सहकार...












