मकवानपुरमा देवरले भाउजुको हत्या गरेका छन् । बुधबार राति ९ बजे हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलकी गुडिया दासको खुकुरी प्रहार गरी उनका आफ्नै देवर रमेश दासले हत्या गरेको प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
“दाइलाई खुकुरी प्रहार गरेपछि घरका आफन्तले बुहारीलाई नदेखेपछि खोजी गरेका थिए,” जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले भने, “खोजी गर्दै जाँदा घरको माथिल्लो तलामा पहिला नै भाउजुको हत्या गरेर ढोका लगाएको पाइयो ।”
रमेशलाई नियन्त्रणमा लिइएको सापकोटाले जानकारी दिए । घटनाबारे अनुुसन्धान भइरहेको उनले बताए । “किन यो घटना घट्यो केही फरक तरिकाले अनुसन्धान गर्ने प्रयास गरिरहेका छौँ,” निरीक्षक सापकोटाले भने । रमेशको आक्रमबाट उनका दाजु रुपेश दास गम्भीर घाइते बनाएका छन् । उनको टाउको, हात, ढाडमा चोट लागेको छ ।

