दार्चुलामा जिपबाट खसेर घाइते भएका सामन्तको मृत्यु
धनगढी- दार्चुलामा जिपबाट खसेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
जिल्लाको महाकाली नगरपालिका- ९ को दत्तु थापलास्थित भित्रि सडकमा मंगलबार सुपप्र ०४ ००१ ज ००९६ नम्बरको जिपबाट खसेर घाइते भएका मालिकार्जुन गाउँपालिका- २ भगवतीका अन्दाजी ३९ बर्षीय विक्रमसिंह सामन्तको मृत्यु भएको हो ।
घाइते सामन्तको बुधवार बिहान उपचारका क्रममा भारतको पिथौरागढमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।
उनका अनुसार गुडिरहेको जिपको बिचको ढोका एक्कासी खुल्दा सामन्त जिपबाट खसेका थिए ।
जिप र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...







