Advertisement

Day: २०८१ चैत्र १२, मंगलवार २२:१४

सञ्चारकर्मी सुन्दर धामीलाई पितृ शोक

सञ्चारकर्मी सुन्दर धामीलाई पितृ शोक

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ बुड्खोरी घर भएका सञ्चारकर्मी सुन्दर धामीलाई पितृ शोक परेको छ । उनका ५० वर्षीय पिता धनबहादुर धामी (धुना) को उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा निधन भएको हो । धामी गत फागुन २९ गते पहाड होलीको दिन बाख्राका लागि स्याउला काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका थिए । रुखबाट लडेर गम्भीर घाइते धामीलाई घटना घटे लगत्तै उपचारका लागि जिल्ला अस्पताल बझाङ लगिएको थियोे,, त्यहाँ उपचार सम्भव नभएपछि तत्कालै धनगढी रेफर गरिएको थियोे । सेती प्रादेशिक अस्पतालमा उपचाररत धामीको मंगलबार दिउँसो निधन भएको मृतकका भतिजा तथा वडाध्यक्ष बिजय बहादुर धामीले जानकारी दिए । उनको दाहसंस्कार बुधबार बिहान ८ बजे गौरीगंगा नगरपालिका ४ राजीपुर गौरीगंगा मसानघाटमा गरिने भएको छ । सञ्चारकर्मी सुन्दर काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका छन् । उनी अहिले सुनौलो नेपालमा कार्...
प्रदेश सभा सदस्यका लागि ३१ लाखबढी रकम खर्चेर ल्यापटप खरिद गरिदै

प्रदेश सभा सदस्यका लागि ३१ लाखबढी रकम खर्चेर ल्यापटप खरिद गरिदै

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश सभाका सदस्यका लागि साढे ३१ लाख रुपैयाँ बढी खर्चेर ल्यापटप खरिद गरिदैछ। प्रदेश सभा सचिवालयले ४३ जना प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप गरिद गर्न लागेको हो।प्रदेश सभा सदस्यको कामकारबाहीलाई सहज र प्रविधिमैत्री बनाउनका लागि प्रदेश सभा सचिवालयले नयाँ दिने जनाइएको छ। प्रदेश सभा सचिवालयले लेनेभोको आई–५ एसेसोरिज भएको ४३ थान ल्यापटप खरिदका लागि फर्मसमेत छनोट गरिसकेको छ। ल्यापटप खरिदका लागि माघ १५ गते बोलपत्र आह्वान गरेको थियो। आठ बोलपत्र दर्ता भएकोमा सबैभन्दा कम अङ्क कबोल गर्ने धनगढीकै उग्रतारा ट्रेडिङ एण्ड सप्लायर्सको बोलपत्र छनोट भएको छ। सो फर्मले ३१ लाख ८२ हजार ६४५ रुपियाँ ९मूल्य अभिवृद्धि करसहित० मा ४३ थान ल्यापटप उपलब्ध गराउने कबोल गरेको छ। बोलपत्र छनोट भइसकेकाले अब चाँडै नै ल्यापटप खरिद हुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो। सुदूरपश्चिम...
लाटा गन्याप : सुदूरपश्चिमको ऐतिहासिक धार्मिक धरोहर

लाटा गन्याप : सुदूरपश्चिमको ऐतिहासिक धार्मिक धरोहर

डडेल्धुरा, ताजा अपडेट, विचार, सुदूरपश्चिम
डडेल्धुरा– सुदूरपश्चिम प्रदेशलाई राज्यले पिछडिएको दुर्गम क्षेत्रका रूपमा हेरे पनि यस क्षेत्रका धार्मिक स्थलहरूले पहिचानलाई बलियो बनाउँदै आएका छन्। तीमध्ये लाटा गन्याप एक महत्वपूर्ण धार्मिक धरोहर हो, जसले सुदूरपश्चिमकै संस्कृति, परम्परा, र आस्थालाई जोगाइराखेको छ। डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका-२, बडाल बजार नजिकैको बडाल थलामा अवस्थित यो मन्दिर धार्मिक र ऐतिहासिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ। विशेष गरी कार्तिक शुक्ल द्वादशीका दिन यहाँ ठूलो मेला लाग्ने गर्छ, जसलाई ‘बडाल जात’ भनिन्छ। बडाल जात : सुदूरपश्चिमकै प्रसिद्ध सांस्कृतिक पर्व प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीको रातिदेखि द्वादशीसम्म यहाँ प्रदेशकै ठूलो मेला लाग्ने गर्छ। यस अवसरमा सुदूरपश्चिमका विभिन्न जिल्लाहरूबाट हजारौँ भक्तजनहरू दर्शन गर्न आउँछन्। बडाल जातको मुख्य आकर्षण भनेको चौलो खेल्ने परम्परा हो। स्थानीय बा...
धनगढीमा खुला पुरुष भलिबल प्रतियोगिता हुने, प्रथम पुरस्कार २ लाख २५ हजार

धनगढीमा खुला पुरुष भलिबल प्रतियोगिता हुने, प्रथम पुरस्कार २ लाख २५ हजार

समाचार
धनगढी, चैत ११ राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेशले खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। युवा संघको सुदूरपश्चिम प्रदेश कमिटीले चैत १९ गतेदेखि २३ गतेसम्म धनगढीमा प्रतियोगिता गर्ने जनाएको छ। प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरका अनुसार प्रतियोगिता ‘राष्ट्रिय युवा संघ कप–२०८१’ नाम दिइएको छ। प्रतियोगितामा विजेता टिमलाई दुई लाख २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ। त्यस्तै, दोस्रो हुने टिमले एक लाख २५ हजार र तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ पुरस्कार पाउने छन्। कुँवरले प्रतियोगितामार्फत युवामा खेलप्रतिको रुचि बढाउनुका साथै सामाजिक एकता र अनुशासनको सन्देश दिन खोजिएको बताए। उनले प्रतियोगिता भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै तयारी अन्तिम चरणमा रहेको जानकारी दिए।...
गलत भए मलाई जेल हाल: मेयर बालेन

गलत भए मलाई जेल हाल: मेयर बालेन

Breaking News 2, मुख्य समाचार, समाचार
काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई गलत जेल हाल्न संघीय सरकारलाई चुनौती दिएका छन्। कानून मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै उनले आफूले उठाएका कुरा गलत भए जेल हाल्न चुनौती दिएका हुन्। काठमाडौँ महानगरपालिका- २८ मा निर्माणाधीन काठमाडौं टावर परियोजनाबारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमा केहीबेरअघि लेखेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ?’ आफूले उठाएका कुरा गलत भए जेल हाल्न भनेका छन्। ‘माथीको कुरा गलत भए मलाइ जेल हाल’ उनले लेखेका छन्।...
डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

Breaking News 1, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीमा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका- ६ स्वाडाका अन्दाजी ६२ वर्षीय करी साउँद र उनकी श्रीमती अन्दाजी ६० वर्षीया दुर्का साउँद भालुको आक्रमणबाट घाइते भएका छन् । गाउँ बाट एक घण्टाको दुरीमा रहेको सौडीखेत स्थित खर्क(गोठ) मा सोमबार राति उनीहरूलाई भालुले आक्रमण गरेको वडाध्यक्ष दीपक बहादुर साउँदले जानकारी दिए । घटना स्थलमा अन्य कोही नहुँदा घटनाको बारेमा मंगलबार बिहान मात्र थाहा भएको पारिवारिक स्रोतले जनाएको छ । गाई गोरुको हेरचाह गर्न बिहान छिमेकी गोठवाला सो ठाउँमा गएपछि मात्रै साउद दम्पती घाइते अवस्थामा फेला परेका हुन्। भालुको आक्रमणबाट घाइते दुवै जनाको अनुहार र शरीर भरि घाउ छन् । अहिले उनीहरूलाई उपचारको लागि सिलगढी ल्याइँदै गरेको स्थानीयले जानकारी दिएका छन् ।...
बझाङमा क्षयरोगका ४७ प्रतिशत बिरामी मात्र उपचारको दायरामा

बझाङमा क्षयरोगका ४७ प्रतिशत बिरामी मात्र उपचारको दायरामा

Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ– बझाङमा राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण २०१९ (Prevalence Survey 2019) का आधारमा वार्षिक रूपमा करिब ४ सय १५ जना नयाँ क्षयरोगी रहने अनुमान गरिएको छ। तर, आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य संस्थामा उपचारका लागि दर्ता हुने क्षयरोगीको संख्या अपेक्षाकृत कम रहेको पाइएको छ। यस अवधिमा जम्मा १ सय ८७ जना मात्र उपचारको दायरामा आएका छन् । जुन कुल अनुमानित सङ्ख्याको ४७ प्रतिशत मात्र हो। यस्तै, चालु आर्थिक वर्षमा पनि स्वास्थ्य संस्थामा क्षयरोगी दर्ता हुने दर ओरालो लागेको देखिन्छ। सोमबार विश्व क्षयरोग दिवस (मार्च २४) को अवसरमा स्वास्थ्य कार्यालय बझाङद्वारा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म जम्मा ८४ जना क्षयरोगी मात्र पत्ता लागेका छन्। यसले जिल्लामा क्षयरोग पहिचान तथा उपचार सेवामा चुनौती रहेको स्पष्ट पार्छ। स्वास्थ्य कार्यालयका ल्याब टेक्निसिय...
अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु

अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु

Breaking News 2, अछाम, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका-६, दर्ना चन्डालीकी १८ वर्षीया सुनिता कडायतको करेन्ट लागेर मृत्यु भएको हो। सोमबार साँझ करिब ६:५० बजे बाख्रा चराई घर फर्कने क्रममा उनलाई करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले अछामले जनाएको छ । प्रहरीका अनुसार राष्ट्रिय प्रसारण लाइनको बिजुली पोलमा रहेका तीन तारमध्ये बीचको तार इन्सुलेटरबाट छुटेर पोलको फलामे भागमा छोइँएको र त्यहीँ करेन्ट लाग्दा सुनिताको घटनास्थलमै मृत्यु भएको हो।...
कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने निर्णयको चौतर्फी विरोध

कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने निर्णयको चौतर्फी विरोध

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ – कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारुढ कांग्रेसकै नेताहरुले समेत यसको विरोध गरेका छन् । कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् । गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषदमै पनि कुलमानलाई हटाउने निर्णयमा असहमति जनाउनुभएको थियो । तर, कांग्रेसबाटै ऊर्जामन्त्री रहेका दीपक खड्का र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको जोडबलमा घिसिङलाई मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको बुझिएको छ । प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । ‘देशमा नागरिकले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरे...
प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे सर्वसम्मत

प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे सर्वसम्मत

Breaking News 3, ताजा अपडेट, समाचार
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन । सोमबार बिराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय अधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । चुनावबाट नेतृत्व चयन हुनुपर्ने राजेश राईको माग पूरा नभएपछि उहाँले दाबेदारी फिर्ता लिएसँगै पाण्डेको नाम महाधिवेशन हलमा सर्वसम्मत घोषणा गरिएको हो । यस्तै उपाध्यक्षमा चेतन अधिकारी र महिला उपाध्यक्षमा कृपा भण्डारी, महासचिवमा हीरामान लामा, उपमहासचिवमा हरिवल्लभ नेपाल, सचिवमा विक्रम लुइँटेल, प्रदीप आचार्य, नरेश भण्डारी र विष्णु तारुके निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनले  लेखा आयोग, अनुशासन आयोग, नीति तथा प्रशिक्षण आयोग र निर्वाचन आयोगका संयोजक पनि निर्विरोध निर्वाचित गरेको छ ।...
आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, समाचार
काठमाडौँ - हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने ह...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज