Advertisement

Day: २०८१ फाल्गुन १६, शुक्रबार २२:३५

प्रधानमन्त्रीले भोको पेट मारेर मलाई हराउन खोजे, मेयर बालेन

प्रधानमन्त्रीले भोको पेट मारेर मलाई हराउन खोजे, मेयर बालेन

Breaking News 1, मुख्य समाचार, राजनीति, समाचार
धनगढी- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले भोको पेट मारेर आफूलाई हराउन खोजेको बताएका छन्। महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको सन्दर्भमा बालेनले शुक्रबार फेसबुकमा लेख्दै यस्तो बताएका हुन्। 'हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे,' उनले लेखेका छन्, 'मलाई हराउने ताकमा, देशलाई चाहिँ नडुबाउनु होला।' केही महिनायता काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतबिना चलिरहेको छ। काठमाडौं भ्यू-टावरको नक्सा पास विवादमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं मुछिएपछि उनी छुट्टीमा छन्। महानगर कार्यकारी अधिकृत पठाइदिन मेयर बालेनले केही महिनाअघि नै संघीय मामिला तथा प्रशासन मन्त्रालयलाई चिठी लेखेका थिए। तर मन्त्रालयले अहिलेसम्म कार्यकारी नपठाएको मेयर बालेनका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंले जानकारी दिए। मेयर बालेनले यही सन्दर्भलाई लिएर प्रध...
सेनामा कार्यरत दार्चुलाका महराले लगाए आफ्नै घरमा आगो,  ११ चौपाया मरे,, लाखौंको क्षति

सेनामा कार्यरत दार्चुलाका महराले लगाए आफ्नै घरमा आगो, ११ चौपाया मरे,, लाखौंको क्षति

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- दार्चुलाका नेपाली सेनामा कार्यरत एक जनाले आफ्नै घरमा आगो लगाएका छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ३ बाँजका नेपाली सेनामा कार्यरत २८ वर्षीय गौर सिंह महराले आफ्नै घरमा आगो लगाएका हुन् । महराले बिहिवार राती आफ्नै घरमा आगो लगाउँदा लाखौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए । ढुङ्गा र काठले बनेको दुई तले, ६ कोठाको घर पूर्णरूपमा जलेर नष्ट भएको उनलेे बताए । उनले बिदामा घर आएको बेला आफ्नै घरमा  आगो लगाएका हुन् । हाल उनको मानसिक अवस्था ठिक नरहेको स्थानीयले बताए । आगलागीबाट गोठमा रहेका ११ पशुचौपाया मरेका छन् । २ वटा गाई, ३ बाच्छा, ३ बाख्रा, एउटा बोका र २ कुकुर गरि ११ पशुचौपाया मरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । तस्तै घरमा भएका लत्ताकपडा, अन्नपात लगायत सबै समान जलेर नष्ट भएको छ । उक्त  आगलागीबाट लाखौंको क्...
सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा र हिमपात, जनजीवन प्रभावित

सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा र हिमपात, जनजीवन प्रभावित

Breaking News 1, अछाम, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, बाजुरा, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङ लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा र हिमपात भइरहेको छ । बिहीबार रातिदेखि उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात भइरहेको हो । लामो समयसम्म खडेरीको सामना गरिरहेका सुदूरपश्चिमका बझाङ, बाजुरा, डोटी, डडेल्धुरा, दार्चुला, बैतडीका स्थानीय वर्षापछि खुसी भएका छन् । बझाङका सुर्मा, साइपाल, तलकोट, मष्टा, छबिसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । साइपालको धुली, काँडा लगायत क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ । यस्तै खप्तड राष्ट्रिय निकुञ्जमा पनि बाक्लो हिउँ जमेको छ । निकुञ्ज कार्यालयका गेम स्काउट दिनेश खड्काले हिजो साँझबाट नै खप्तडमा हिमपात सुरु भएको र कुनैकुनै ठाउँमा दुई फिट हाराहारी हिउँ जमिसकेको बताए । यस्तै बाजुराको गौमुल, बुढीनन्दा, हिमाली लगायतका गाउँपालिकामा हिमपात भएको स्...
समाजवादी प्रेस कैलालीका उपाध्यक्ष भरत साउँद (आलोक) सहित तीन पत्रकार प्रेस चौतारी नेपालमा प्रवेश

समाजवादी प्रेस कैलालीका उपाध्यक्ष भरत साउँद (आलोक) सहित तीन पत्रकार प्रेस चौतारी नेपालमा प्रवेश

ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
कैलाली – समाजवादी प्रेस संगठनका कैलाली उपाध्यक्ष भरत साउँद (आलोक) प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन्। प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनका अवसरमा केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उनलाई चौतारीमा स्वागत गरेका हुन्। साउँदसँगै पत्रकार दिपेन्द्र बुढा र प्रेम विश्वकर्मा पनि प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन्। नयाँ संगठनमा आबद्ध भएपछि उनीहरूले समाजवादी प्रेस संगठनमा आफ्नो भविष्य नदेखेकाले चौतारी रोजेको प्रतिक्रिया दिएका छन्। सुदूरपश्चिममा पत्रकारितासम्बन्धी गतिविधि तीव्र भइरहेका बेला प्रेस चौतारी नेपालमा नयाँ सदस्यहरूको प्रवेशलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। अध्यक्ष बस्नेतले नयाँ सदस्यहरूप्रति स्वागत गर्दै पत्रकारिताको मर्यादा र स्वतन्त्रताको पक्षमा एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।...
अनेरास्ववियु आर आर क्याम्पसको स्ववियु सभापतिमा लोकेश खड्काले उम्मेदारी दिने

अनेरास्ववियु आर आर क्याम्पसको स्ववियु सभापतिमा लोकेश खड्काले उम्मेदारी दिने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसको स्ववियु सभापतिमा लोकेश खड्काले उम्मेदवार दिने भएका छन्। अनेरास्ववियुको अध्यक्ष समिक बडालको नेतृत्वमा बसेको बैठकले सर्वसम्मत रूपमा लोकेश खड्कालाई सभापतिका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो। लोकेश खड्का अहिले अनेरास्ववियु आरआर क्याम्पसको अध्यक्षका रूपमा कार्यरत छन्। उनको कार्यकालमा क्याम्पसमा विद्यार्थीहरूको हकहितका लागि महत्वपूर्ण कदमहरू चालिएका छन्। खड्काले क्याम्पसमा विभिन्न कार्यक्रम र गतिविधिहरूको आयोजना गर्दै विद्यार्थीहरूको जीवनस्तरमा सुधार ल्याउने प्रयास गरेका छन्। खड्काले आफ्नो कार्यकालमा क्याम्पस प्रशासनसँग सहकार्य गर्दै विद्यार्थीहरूको समस्यालाई प्राथमिकता दिँदै समाधान खोजेका छन्। यो कार्य विधिपूर्वक गरेर उनले विद्यार्थीहरूको माझमा विश्वास जितेका छन्। उनको नेतृत्वले क्याम्पसमा ...
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन धनगढीमा सुरु

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन धनगढीमा सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी – प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन आजदेखि धनगढीमा सुरु भएको छ। धनगढीको जियान होटलस्थित सभाहलमा आयोजना गरिएको अधिवेशनले प्रदेशभरिका पत्रकारहरूको व्यापक सहभागिता जुटाएको छ। पत्रकारिता क्षेत्रको सशक्तीकरण, प्रेस स्वतन्त्रताको रक्षा, तथा संगठनात्मक सुदृढीकरणका विषयमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ। अधिवेशनको सभापतित्व प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओलीले गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत रहेका छन् भने नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा केन्द्रिय कमिटी सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य नारदमुनी राना तथा लिला भण्डारी  र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ। प्रेस चौतारी नेपालको सुदूरपश्चिम प्रदेश अधिवेशनका क्रममा प्रेस चौतारी नेपाल धनगढी र प्रेस चौतारी ने...
अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

Breaking News 1, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको जयपृथ्वी राजमार्ग खुलेको छ। गय रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको जयपृथ्वी नगरपालिका- ७ तमैल बजार नजिकै पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग अहिले भर्खरै खुलेको छबिसपाथिभेरा गाउँपालिका-१ का अध्यक्ष करनजंग बहादुर सिंहले जानकारी दिए । जयपृथ्वी नगरपालिकाको जेसिवी प्रयोग गरेर राजमार्ग खोलिएको हो । पहिरोले राजमार्ग अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका थिए। अहिले उक्त राजमार्ग खुलेपछि बिहानैदेखि रोकिएका सवारी साधन आआफ्नो गन्तव्य तिर लागेका छन् ।...
बझाङको तमैल बजार नजिकै जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङको तमैल बजार नजिकै जयपृथ्वी राजमार्ग अवरुद्ध

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङको तमैल बजार नजिकै सडकमाथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। गय रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको जयपृथ्वी नगरपालिका- ७ तमैल बजार नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। पहिरोले राजमार्ग अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् । अहिले उक्त अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन कति समय लाग्ने हो भन्ने यकिन नभएको बताइएको छ।...
वडाध्यक्ष भाट दुई वर्षदेखि वडावासी जनताको विद्युत महसुल तिर्दै

वडाध्यक्ष भाट दुई वर्षदेखि वडावासी जनताको विद्युत महसुल तिर्दै

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीका एकजना वडाध्यक्ष वडावासी जनताको विद्युत महसुल तिर्दै आएका छन् । जिल्लाको पाटन नगरपालिका–९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडावासी जनताको सबै विद्युत महसुल तिर्दै आएका हुन् । वडाध्यक्ष भाट विगत २ वर्षदेखि आफ्नो मासिक पारिश्रमिकबाट वडाका ३ सय ग्राहकको विद्युत महसुल तिर्दै आइरहेका छन्। वडाअध्यक्षमा निर्वाचित भए लगत्तै उनले वडाबासीको विद्यूत महसुल तिरिदिने घोषणा गरेका थिए । २०७९ साउनदेखी ०८१ पुष मसान्त सम्मको विद्युत महसुल तिरेको रसिद घर–घरमै पु¥याउने गरी टोल–टोलमा वितरण गरिरहेका छन् । वडावासीलाई जानकारी दिन र प्रत्यक्ष भेटघाट गर्नका लागि उनी स्वयं प्रत्येक टोलमा पुगेर रसिद हस्तान्तरण गरिरहेका छन्।...
जनतासँग माओवादी तराई मधेस अभियान सप्तरी पुग्याे

जनतासँग माओवादी तराई मधेस अभियान सप्तरी पुग्याे

Breaking News 1, समाचार
नेकपा माओवादी केन्द्रको जारी जनतासँग माओवादी तराई मधेस जागरण अभियानमा खटिएको केन्द्रीय टोली आज पाँचौँ दिन सप्तरी पुगेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरू कोशी प्रदेशको विभिन्न स्थानमा भएका कार्यक्रममा सहभागी हुँदै सप्तरी पुगेको हो । आज सप्तरीमा विभिन्न कार्यक्रमको आयोजना हुनेछ । अभियानअन्तर्गत केन्द्रीय टोलीले एक दिन, एक जिल्लामा तीन मुख्य कार्यक्रम गर्दै छ। पदाधिकारी टोली अबको आठ दिनसम्म मधेस प्रदेशमा केन्द्रित हुनेछन् ।...
दार्चुलाको किम्तडी ठण्याकाठामा लेदासहितको पहिरो, सडक अवरुद्ध

दार्चुलाको किम्तडी ठण्याकाठामा लेदासहितको पहिरो, सडक अवरुद्ध

Breaking News 1, ताजा अपडेट, दार्चुला, समाचार, सुदूरपश्चिम
धनगढी- दार्चुलाको महाकाली नगरपालिका–५ को किम्तडी ठण्याकाठामा सडक अबरुद्ध भएको छ । सडक माथिबाट लेदासहितको पहिरो खस्दा अवरुद्घ भएको जनाइएको छ । केहि समय पहिले मर्मत सम्भार सम्पन्न गरि सञ्चालनमा आएको किम्तडी ठण्याकाठामा फेरि अवरुद्ध भएको प्रहरीले जनाएको छ । विहान ७ बजेदेखि माथिबाट लेदोसहित पहिरो खस्दा महाकाली लोकमार्ग अन्तरगत खंलगा–गोकुलेश्वर सडक खण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए । सडक अबरुद्ध हुदा जिल्ला सदरमुकाम भित्रिने र बाहिरिने यातायातका साधनहरु ठप्प भएका छन् ।...
बिद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि गर्न गौरीगंगाको भैरव आधारभूत विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता

बिद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि गर्न गौरीगंगाको भैरव आधारभूत विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता

Breaking News 1, Breaking News 2, कैलाली, मुख्य समाचार, शिक्षा, समाचार
धनगढी- कैलालीको गौरीगंगा नगरपालिका ६ मोया मा रहेको भैरव आधारभूत विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । हेमा श्री फाउन्डेसन नेपालले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता बिहीबार विद्यालयमा सम्पन्न भएको हो । विद्यार्थीहरूको बौद्धिक, सामाजिक र मानसिक विकासलाई लक्षित गरेर हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियोे । अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता कार्यक्रमले बिद्यार्थीहरुको अन्तरनिहित प्रतीभा प्रस्फुटन गर्न र बिद्यार्थीहरुमा बौद्धिक क्षमता अभिवृद्धि गर्नका लागि आयोजना गरेको संयोजक तथा फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले बताए । हाजिर जवाफ विद्यार्थी बिच सदन छुट्टाएर गरिएको थियोे । जसमा रातो सदनले प्रथम, पहेँलो सदनले द्वितीय, सेतो सदनले तृतीय र निलो सदनले सान्त्वना स्थान हासिल गरेका थिए। प्रतियोगितामा प्रथम, द्वितीय , तृतीय र सान्त्वना स्थान हासिल गरे...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज