गृहमन्त्रीविरुद्ध कारबाहीको माग गर्दै भारतीय दलित संगठनद्वारा नेपाली राजदूतावासमा ज्ञापनपत्र
नयाँ दिल्ली, भारत – नेपालका गृहमन्त्री रमेश लेखकविरुद्ध कारबाहीको माग गर्दै दलितका लागि दलित अभियान केन्द्रीय समिति, भारत ले नेपाली राजदूतावास, नयाँ दिल्लीमा ज्ञापनपत्र बुझाएको छ। सोमबार नेपाली दूतावासका सांस्कृतिक काउन्सिलर गोकुल बस्नेत मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको उक्त ज्ञापनपत्रमा अन्तरजातीय विवाह गरेका सर्लाहीका सतेन्द्र राम (चमार) र नेहा रौनियार माथि भएको जातीय भेदभाव, प्रहरी प्रशासनको दुरुपयोग तथा अत्याचारका घटनाहरूको उल्लेख गर्दै दोषी गृहमन्त्रीलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरिएको छ।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार, गृहमन्त्री रमेश लेखकको संलग्नतामा प्रहरी प्रशासनलाई दुरुपयोग गरी जातीय हिंसा भड्काउने, अन्तरजातीय विवाह गर्ने व्यक्तिहरूमाथि अन्याय गर्ने र उनीहरूको मौलिक तथा कानूनी अधिकार हनन गर्ने कार्य भएको आरोप लगाइएको छ।
दलितका लागि दलित अभियान केन्द्रीय समिति, भ...



