बझाङ : शारीरिक रुपमा अशक्त लक्ष्मण गिरिलाई खाद्यान्न र ट्वाईलेटकाे सामाग्री सहयाेग गरिएको छ ।
ट्वाईलेट बनाउने सामाग्री सहित खाद्यान्न सहयाेग गरिएको छ ।
कामना टेलिभिजनले अपांग लक्ष्मण अाेझाकाे दुखकाे भिडियो सार्वजनिक गरेपछि तलकाेट गाउँपालीका वडा नम्बर ६ का प्रेम कुमार बिष्टले पाँच हजार पाँच सय रुपैयाँ सहयाेग गरिएको हाे भने छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ का अध्यक्ष करनजङ्ग बहादुर सिँहले प्यानसेट सिमेन्ट ट्वाईलेट निर्माण गर्न टिनहरु उपलब्ध गराउनु भएको हाे ।
मित्र राष्ट भारत बाट पठाएको पैशाले चामला दात साबुन सहितको खाद्यान्न उपलब्ध गराएकाे थियाे । यसरी सहयाेग गरेको भन्दै अपांग लक्ष्मणले सबैलाई धन्यवाद दिनु भएको थियाे । अब उनको ट्वाईलेट पनि निर्माण हुने तयारीमा रहेको छ ।

