Advertisement

मनोचिकित्सक(साइक्याट्रिष्टहरु) संघ नेपालको १० औं राष्ट्रिय सम्मेलन आजदेखि नेपालगन्जमा सुरु

Advertisement

नेपालगन्जः मनोचिकित्सक संघ नेपालको १० औं राष्ट्रिय सम्मेलन आजदेखि नेपालगन्जमा सुरु भएको छ । सम्मेलनमा नेपालसहित भारतका साइक्याट्रिष्ट तथा मनोस्वास्थ्य क्षेत्रका विशेषज्ञहरुको सहभागिता रहेको छ । सम्मेलनमा मानसिक स्वास्थ्य, दुव्र्यसनी, चुनौती र अवसरका विषयवस्तुमा केन्द्रीत रहेर शोधपत्रहरु प्रस्तुत भएको सम्मेलनको संयोजन गर्दै आएका साइक्याट्रिष्ट प्रा.डा मोहन बेल्वासेले जानकारी दिए । प्रत्येक वर्ष संघले आयोजना गर्ने यस्ता सम्मेलनहरुमा मानसिक स्वास्थ्यका विभिन्न आयामबारे प्राप्त अनुसन्धानमा विषयमा विचार विमर्श गर्ने गरिएको प्रा.डा बेल्बासेले बताए ।

पछिल्लो समय दुव्र्यसनका बिषयमा पनि साइक्याट्रिष्ट तथा मनोस्वास्थ्य क्षेत्रका विशेषज्ञको चासो बढ्दै गइरहेका बेला पश्चिम नेपालमा पहिलो पटक नेपालगन्जमा आयोजना गरिएको राष्ट्रिय सम्मेलनमा दुव्र्यसनलाई मानसिक स्वास्थ्यभित्र राखेर उपचार खोजिनु पर्नेमा जोड दिइएको छ । संघका महासचिव डा.मनोज ढुंगानाले पछिल्लो समय दुव्र्यसनका कारण मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेकाले मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने संघसंस्था, गृह प्रशासन तथा स्वास्थ्य मन्त्रालयबीच समन्वय गरेर अघि बढ्नुको विकल्प नभएको बताए ।

दुव्र्यसनको लतमा फसेकाहरुलाई सरकारले उपचार भन्दा पनि कानुनी कारवाहीको दायरामा ल्याउने गरेको विद्यमान अवस्था छ । ‘लागु पदार्थ, मदिरा लगायतको सेवन गर्नेलाई प्रहरी प्रशासनले नियन्त्रणमा लिने र मुद्दा चलाउने गरेको पाइएको छ डा.ढुंगानाले भने–‘यो दीर्घकालीन समाधान होइन । लतमा फसेकालाई उपचारनै चाहिन्छ । त्यसैले यो सम्मेलनले देखिएका चुनौतीहरुको पहिचान गर्दै समाधानको उपाय समेत सुझाउने छ ।’

मानसिक स्वास्थ्यका क्षेत्रमा अनुसन्धान र रिपोर्टिङ गर्दै आएका हिमाल गैरे दुव्र्यसनीलाई व्यवहारजन्य रुपमा हेर्नु भन्दा पनि उपचारमा जोड दिन सकियो भने मानसिक स्वास्थ्यको बढ्दो ग्राफलाई रोक्न सकिने बताउँछन् । उनले त्यसका लागि विद्यामान ऐन, नियम र कानुन संशोधनको आवश्यकता समेत औल्याए ।भोलिसम्म चल्ने सम्मेलनमा ख्याति प्राप्त विज्ञहरुको कार्यपत्र प्रस्तुत गर्नेछन् । तीन वटा कार्यशालामा पहिलो दिन ३० वटा कार्यपत्र प्रस्तुत गरिएको प्रा.डा बेल्वासेले जानकारी दिए । वुटवल पश्चिम मनोचिकित्सक संघको यो पहिलो राष्ट्रिय सम्मेलन हो ।

सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोख्रेलले गरेका थिए । उनले मानसिक स्वास्थ्य चुनौतीपूर्ण बनेको भन्दै सरकार गम्भीर रहेको बताए । उनले मानसिक स्वास्थ्यका क्षेत्र हेर्ने मन्त्रालयसँग कुनै विभाग नभए पनि डेस्क स्थापना गरिएको उल्लेख गरे । विभागका लागि पहल भइरहेको पनि उनले बताए । सम्मेलनमा संघले प्रदान गर्दै आएको लाइफटाइम एचिभमेन्ट अवार्ड यो पटक डा.नवराज कोइरालालाई प्रदान गरिएको छ ।

डा.कोइराला विराट मेडिकल कलेजका विभागीय प्रमुख हुन् । यसैगरी मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुराएको भन्दै टिचिङ हस्पिटलका विभागिय प्रमुख डा.सरोज ओझा र मानव सेवा आश्रम नेपालगन्जलाई पनि सम्मानित गरिएको छ । मनोचिकित्सक संघ नेपालका अध्यक्ष प्रा.डा रवि शाक्यको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा दुई सय बढी साइक्याट्रिष्ट तथा मनोस्वास्थ्य क्षेत्रका विशेषज्ञहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज