Advertisement

Day: २०८१ आश्विन १३, आईतवार २१:३०

बझाङका सबै स्वास्थ्यकर्मी सम्मानित

बझाङका सबै स्वास्थ्यकर्मी सम्मानित

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लामा रहेका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा कार्यक्रम आज सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बझाङको आयोजनामा जिल्ला अस्पताल लगायत १२ वटै गाउँपालिकाका स्वास्थ्य चौकी र वडास्तरमा सञ्चालन हुँदै आएका स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रम तीनदिन अघि देखि जिल्ला समन्वय समितिको हलमा सञ्चालन भएको थियाे । कार्यक्रममा बझाङका स्वास्थ्य संस्थाको समीक्षा कार्यक्रम सुरु भएको भन्दै गाउँपालिका स्तरमा ०८०/८१ मा भएका कामको लेखाजोखा सहित आगामी याेजना तर्जुमा समिक्षा भएको हाे । तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा सबै पालिकाका स्वास्थ्य शाखाले एक वर्षमा भएका स्वास्थ्य क्षेत्रको प्रगति, भोगिएका समस्या, समाधानका लागि अगाडि बढाएका कदमको विवरण प्रस्तुत गरिनुका साथै विभिन्न विकास साझेदार संघसस्थाका राय सुझाव र चुनौती प्रस्तुत गरिएको थियो । आज कार्यक्रमको अन्तिम दिन सबैबाट आआफ्नो प्रतिवेदन...
कञ्चनपुरमा भन्सार छलीको ८ लाख ३२ हजार मुल्य बराबरको अबैध सामान बरामद

कञ्चनपुरमा भन्सार छलीको ८ लाख ३२ हजार मुल्य बराबरको अबैध सामान बरामद

कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा ८ लाख ३२ हजार मुल्यको अबैध सामान बरामद गरिएको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले मात्रै ४ लाख ७० हजार ५ सय मुल्यको अबैध सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय दोधाराले ३ हजार, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले ८४ हजार ९३५, इलाका प्रहरी कार्यालय बेलडाडीले २८ सय र इलाका प्रहरी कार्यालय गुलरियाले १ लाख ४८ हजार मुल्यको अबैध सामान बरामद गरेको छ। यस्तै प्रहरी चौकी टेडुवाले १६ हजार ४७०, प्रहरी चौकी झिलमिलाले ५ हजार ३ सय, अस्थायी प्रहरी बिट भासीले ८८ हजार ४५०, अस्थायी प्रहरी बिट मझगाउँले २ हजार ७५० र अस्थायी प्रहरी बिट चम्फापुरले १० हजार गरेर ८ लाख ३२ हजार २०५ मुल्य बराबरको अबैध सामान बरामद गरिएको छ।...
बाढीमा व्यापार : ७० प्रतिशत बढ्यो हवाई भाडा, ७ हजार पर्ने टिकटको मूल्य १३ हजार बढी

बाढीमा व्यापार : ७० प्रतिशत बढ्यो हवाई भाडा, ७ हजार पर्ने टिकटको मूल्य १३ हजार बढी

ट्रेन्डिङ, ताजा अपडेट, पर्यटन, मुख्य समाचार, समाचार
धनगढी- हवाई सञ्चालकहरूले बाढीको समयमा हवाइ टिकट मूल्य बढाएका छन् । बिहीबार साँझदेखि परेको निरन्तरको वर्षाले देशको विभिन्न क्षेत्रमा बाढीपहिरो जाँदा सवारीसाधन आवागमन प्रभावित भएको छ । सोही समयको फाइदा लिँदै हवाई सञ्चालकले हवाई टिकटको मूल्य बढाएका हुन् ।   दुई दिनअघि मात्रै काठमाडौंदेखि धनगढीको हवाई भाडा ७ हजार ९ सय रुपैयाँ पर्नेमा आज १३ हजार ३ सय रुपैयाँसम्म कायम गरेका छन् । एकदिनमै हवाई सञ्चालकले ६८ प्रतिशतले टिकटको मूल्य बढाएका हुन् ।     योसँगै काठमाडौंबाट विभिन्न ठाउँमा जाने हवाई टिकट ७० प्रशित बढेको छ । हवाई सञ्चालकले एकतर्फी रूपमा भाडा बढाएपछि अहिले चौतर्फी रूपमा आलोचना भइरहेको छ । बाढीको समयमा ठूलो धनजनको क्षति भइरहेको बेला हवाइ सञ्चालकले हवाइ टिकट बढाएको भन्दै चौतर्फी आलोचना भइरहेको हो ।   वायुसेवा सञ्चालक संघले भने यात्रुको चाप बढ्दा मूल्य ब...
झ्याप्लेखोला पहिरो बाट अहिलेसम्म ३ वटा गाडीबाट ३५ जनाको शव निकालियो ।

झ्याप्लेखोला पहिरो बाट अहिलेसम्म ३ वटा गाडीबाट ३५ जनाको शव निकालियो ।

समाचार
पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त पहिरो एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् । चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो । डीएसपी थापाका अनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको उनले बताए । त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फ...
झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको फेला

झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको फेला

समाचार
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालकाअनुसार आइतबार बिहान थप एउटा बस पुरिएको आशंका गरिएको छ। 'बस पुरिएको जस्तो देखिएको छ। जिल्ला प्रहरी कार्यालयबाट एसपीकै नेतृत्वमा प्रहरीहरू त्यहाँ पुग्दै हुनुहुन्छ,' उनले भने। त्यहाँ अरू पनि गाडीहरू पुरिएको हुनसक्ने उनले बताए। 'गाडीहरूको लाइन हुने ठाउँ हो। पहिरो जाँदा कति गाडी थिए। थप खोजी हुँदैछ,' प्रहरी निरीक्षक सिलवालले भने। यसैबीच गोरखा दरौंदी यातायात सेवा कम्पनीको बस सम्पर्कविहीन भएको छ। ना ४ ख २२७० नम्बरको यात्रुबाहक बस लापुबेसीबाट काठमाडौं जानका लागि छुटेको र खानीखोलाबाट सम्पर्कविहीन भएको कम्पनीका अध्यक्ष नारन खत्रीले जानकारी दिए। ‘लापुबेसीबाट बिहान ११ बजे बिहान छुटेको थियो। बसमा दुई–तीन जना मात्रै ...
बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता

बाढी पहिरोमा परी एक सय जनाको मृत्यु, ६७ बेपत्ता

समाचार
बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन्। विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ। बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए।...
कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक पुरूषको मृत्यु

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक पुरूषको मृत्यु

समाचार
कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक पुरूषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चपुरका डिएसपी उमेश जोशीकाअनुसार हात्तीको आक्रमणबाट लालझाडी गाउँपालिका - ४ डाँडा जाई बस्ने  ५० वर्षीय रामदल रानाकाे मृत्यु भएको हाे। गएराती उनकाे गाउँमा जंगली हात्ती पसेका थिए। गाउँलेले हात्ती लाई धपाउँदा भागदाैड मच्चिएको थियाे। त्यहीँ भागदाैडमा रामदल हात्तीको आक्रमणमा परेकाे प्रहरीले जनाएको छ। गएराती बेपत्ता भएका उनी बिहान मृत्यु अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जाेशीले बताए। अहिले घटनास्थलमा उद्धार कार्य भइरहेको छ।...
दशैँ तिहार को  लागि आजदेखि सुकिला नोट वितरण हुँदै

दशैँ तिहार को लागि आजदेखि सुकिला नोट वितरण हुँदै

समाचार
काठमाडौँ —यस वर्षको दसैं, तिहार र छठका लागि आजदेखि राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले सर्वसाधरणलाई सुकिला नोट सटही सुविधा दिने भएका छन् । नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै आगामी असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने सूचना यसअघि नै जारी गरिसकेको छ । राष्ट्र बैंकको केन्द्रीय कार्यालय, सातैवटा प्रादेशिक कार्यालय सहित सबै बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट सटही सुविधा दिने तयारी भइरहेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले बताए । सबै दरका एक/एक थान गरी प्रतिव्यक्ति १८ हजार पााच सय रुपैयााका दरले नोट सहटी गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैकिङ विभागबाट नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट...
सबै विद्यालयमा ३ दिन बिदा गर्ने शिक्षा मन्त्रालयको निर्णय

सबै विद्यालयमा ३ दिन बिदा गर्ने शिक्षा मन्त्रालयको निर्णय

ताजा अपडेट, मुख्य समाचार
काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी–पहिरोले देशभर प्रभाव पारेपछि ३ दिन सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बाढी र पहिरोको असर सबैतिर परेको भन्दै ३ दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयको निर्णय अनुसार आईतबारदेखि मंगलबारसम्म विद्यालय बन्द हुने भएका छन् । मन्त्रालयले भनेको छ, ‘विद्यालय भवनमा आकस्मिक व्यवस्थापन समेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि ३ दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध छ ।’...
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, ७२ जना बेपत्ता

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, ७२ जना बेपत्ता

घटना, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ । यो विपदमा समाचार तयार पार्दासम्म ७२ जना बेपत्ता भएका छन् भने १०० जना घाइते भएका छन् । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको प्रवक्ता तिवारीले जानकारी दिए । शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीको भनाइ छ । उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।...
विदेशी मुद्राहरुको मूल्य बढ्यो कि घट्यो, हेर्नुहोस् सूची

विदेशी मुद्राहरुको मूल्य बढ्यो कि घट्यो, हेर्नुहोस् सूची

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार
काठमाडौ : नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छैन । अर्थात् हिजो (शनिबार) कारोबार भएकै मूल्यमा आज पनि सबैजसो विदेशी मुद्राको कारोबार हुनेछ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४९ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८१ पैसा कायम भएको छ । आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ । आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ०५ पैसा र ...
बझाङको बागथला नजिक पहिरो, जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङको बागथला नजिक पहिरो, जयपृथ्वी राजमार्ग अवरुद्ध

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, सुदूरपश्चिम
बझाङ : जयपृथ्वी राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको छ । केदारस्युँ गाउँपालिका-४ तल्लो बाग्थला पानीधारा नजिक माथिबाट पहिरो खसेर राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको हो । सडक अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ भित्रनेहरु बिहानैदेखि अलपत्र परेका छन् । तल्लो बाग्थला नजिक रहेको पानी धारा नजिक माथिबाट पहिरो खसेको पाइएको नेपाल बिद्युत प्राधिकरण बाग्थला वितरण केन्द्रका कर्मचारी कम्मान मल्लले जानकारी दिनुभयो । चाडपर्व नजिकै गर्दा जयपृथ्वी राजमार्ग बेला बेला अवरुद्ध हुँदा यात्रु तथा सवारी साधनले सास्ती भोग्नु परिरहेको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज