Advertisement

संविधान प्राप्तिको ९ वर्ष : कर्णाली र सुदूरपश्चिमका नागरिकको समृद्धि आशा अधुरै

Advertisement

सुर्खेत । मुलुकले संघीय संरचनासहितको संविधान पाएको ९ वर्ष पुग्दा कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले आशा गरेको विकास र समृद्धिको चाहना पूरा हुने गरी प्रदेश सरकारहरुले काम गर्न सकेका छैनन् । केन्द्रले विभिन्न कानून बनाएर संघीयता कार्यान्वयनको दाबी गरिरहँदा प्रदेश सरकारहरुले भने संघीय सरकारकै असहयोगले सोचेजस्तो काम गर्न नसकेको गुनासो पोखिरहेका छन् ।

पूर्वाधार विकासको हिसाबले सबै प्रदेशभन्दा पछाडि रहेको कर्णाली भौगोलिकरूपमा पनि विकट छ । कर्णाली का लागि तीनै तहका सरकारले थुप्रै बजेट सकेपनि पूर्वधार विकास, स्वास्थ्य, शिक्षा कृषिमा अपेक्षितरुपमा पूर्वाधार विकास हुन सकको छैन । राष्ट्रिय राजमार्गहरु जीर्ण हुादा अहिले पनि कर्णालीका अधिकांश जिल्लामा पुग्न जोखिम मोल्नुपर्छ । सडक र जलविद्युतका केही परियोजनाबाहेक अन्य क्षेत्रका सम्भावित स्रोतहरुको अध्ययन नै हुन सकिरहेको छैन । प्रदेश राजधानी सुर्खेत जोड्न कर्णाली करिडोर, भेरी करिडोर, मदन भण्डारी राष्ट्रिय राजमार्ग र पुष्पलाल राजमार्ग निर्माण भइरहेका त छन् तर योजनाको प्रगति निकै सुस्त छ ।

कर्णालीका दश जिल्लामा रहेका सरकारी अस्पतालहरुको अवस्था पनि दयनीय छ । प्रदेशको राजधानी सुर्खेतमै भएका अस्पतालको भौतिक पूर्वाधारले बल्लतल्ल पूर्णता पाएपनि दरबन्दीअनुसार दक्ष चिकित्सक छैनन् । संघ र प्रदेश सरकारप्रति असन्तुष्ट रहेपनि स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा उपलब्धीमूलक काम गरेको बुझाइ छ ।

प्रदेश सरकारको खर्च पनि संघीय सरकारमै निर्भर छ । अहिलेसम्म १ खर्ब ६६ अर्ब ५६ करोड ९ लाख रुपैयाँको बजेट ल्याएको कर्णाली सरकारलाई संघीय सरकारले विभिन्न शीर्षकमा ८१ अर्ब ४८ करोड ७७ लाख ९४ हजार रुपैयाँ अनुदान दिएको छ । प्रदेश सरकारलाई आफ्नो खर्च चलाउन वार्षीक ८ अर्ब रुपैयाँ अपुग छ । प्रदेश सरकारले ३५ प्रतिशतभन्दा बढी बजेट कहिल्यै खर्च गर्न सकेको छैन ।

कर्णालीमा जल विद्युत, जडिबुटी, पर्यटन तथा कृषिको प्रचूर सम्भावना भएपनि प्रदेश र संघीय सरकार दुवैले यसको महत्व बुझ्न सकेका छैनन् ।

उता संघीयता कार्यान्वयनपछि आनो प्रदेशको कायाकल्प हुने ठानेका सुदूरपश्चिमका नागरिक पनि नेताहरु सरकार गठन र विघटनमै केन्द्रित हुँदा निराश छन् । दुईवटा प्रदेशसभा र तिनबाट बनेका सरकारले प्रदेशवासीको विकास र समृद्धिको त्यो चाहनालाई पूरा गर्न सकेनन् बरु प्रदेशसभाको दोस्रो कार्यकालको २ वर्ष नपुग्दै चारवटा सरकार बने । यस अवधिमा सबैजसो दलका प्रदेश सभा सदस्यले घुमीफिरी सत्ताको स्वाद लिने मौका पाए । तर नारिकको विकास र समृद्धिको चाहनालाई किन बिर्सिए त ?

२०६२/६३ को जनआन्दोलनले मुलुकलाई राजतन्त्रात्मक एकात्मक शासनव्यवस्थाबाट संघीय प्रणालीमा रुपान्तरण त गर्यो तर शासकहरुको केन्द्रिकृत मानसकिता भने परिवर्तन हुनसकेको देखिँदैन । त्यसैले कर्णाली र सुदूरपश्चिमलाई विकासको मूलप्रवाह ल्याउने दूरदर्शी नेतृत्व अझै आउनसकेको छैन ।

कान्तिपुर

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज