२०८१ असोज ०२ गते ,बुधबार
कैलाली जिल्लाको गाैरीगंगा नगरपालिका वडा नं १० मा आज स्तनपान कक्ष स्थापना गरिएको छ ।
गौरिगंगा नगरपालिका भरीमै पहिलाे पटक स्तनपान गराउने आमा हरू लाई वडामा सेवा लिन आउदा सहज हाेस भन्ने उद्वेश्यले वडा कार्यालय भित्रै छुट्टै स्तनपान कक्ष स्थापना गरिएको गौरिगंगा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नर सिंह सार्कीले बताएका हुन् । उनका अनुसार वडा विभिन्न काम गर्न आउँदा बच्चालाई स्तनपान गराउन असहज हुने भएकाले आज बाट स्तनपान कक्ष स्थापना गरि संञ्चालनमा ल्याएकाे वडा अध्यक्ष सार्की ले बताएका छन् ।
आज वडा कार्यालयमा सेवा लिन आएकी गौरिगंगा नगरपालिका वडा नं.१० नुक्लिपुर कि प्रतिभा चौधरी बाट स्तनपान कार्यक्रम सुरुवात गरिएको हो । उनले वडामा यस्तो कार्यले स्तनपान गराउने महिलालाई सहज हुने बताएकि हुन् । आज भएको कार्यक्रममा स्वास्थ्य प्रमुख बिरेन्द्र बुढा मगर, बालमैत्री स्थानिय शासन सहजकर्ता दिपक भुल ,वडा सचिब चन्द्र किरन चौधरी , अनमी दिपा बोहरा , प्राविधिक बल बहादुर मन्नी र नुक्लिपुर होमस्टे का अध्यक्ष दिनेश दहित लगायत बुद्धिजीवीहरु सहभागी रहेको थियो ।

