कैलाली : कैलाली जिल्लाको गौरिगंगा नगरपालिका वडा नं.१ चौमालामा रहेको लाईफ केयर क्लिनिक चौमालामा भाद्र १ गते विशेषज्ञ डाक्टर आउने भएका छन् । चौमालामा रहेको लाइफ केयर क्लिनिकमा भाद्र १ गते शनिबारका दिन स्त्रि, गर्भवति, प्रजनन तथा पाठेघर रोग बिशेषज्ञ डा अञ्जना काफ्ले आउने भएका हुन् ।
उक्त दिन महिलाहरुको तल्लो पेट दुख्ने समस्याको उपचार ,महिलाहरुको सेतो पानी बग्ने, यौनि चिलाउने, सुन्निने समस्याको उपचार, महिनावारी हुदा पेट दुख्ने, आङ्ग खस्ने समस्याको उपचार ,यौनिबाट रगत बगिराख्ने, बच्चा नबस्ने समस्याको उपचार ,महिलाहरुको हातखुट्टा पोल्ने, झमझम गर्ने लगायत महिलाहरुको सम्पुर्ण समस्याको उपचार उक्त दिन हुने भएकाले समस्या भएका महिलाहरुले उपचार गरिने लाईफ केयर क्लिनिकका संचालकले जानकारी दिएका छन् ।