नेपाल निजामती कर्मचारी सँगठन बझाङले रक्तदान कार्यक्रम गरेको छ ।
आज एक कार्यक्रमका विच नेपाल निजामती कर्मचारी सगठन बझाङले रक्तदान कार्यक्रम गरेको हाे । जिल्ला कार्यसमिति बझाङले सहिद मनाेज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवसकाे अवसरमा वृहत् रक्तदान कार्यक्रम गरेको सँगठन अध्यक्ष दिनेश बहादुर धामीले बताउनु भयाे ।
जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको जिल्ला अस्पतालमा गएर रक्तदान गरेको मुकेश थापाले बताए । उनले भने , उक्त कार्यक्रममा “रक्तदान जिवन दान” भन्ने मान्यतालाई स्थापित गर्दै विभिन्न व्याक्तिहरुले रक्तदान गरेको र हामीले रक्तदान गर्दा केही विरामीलाई सहज हुने उनकाे भनाइ थियाे ।
नेपाल निजामती कर्मचारी सँगठन बझाङले जिल्लामा दुखि गरिव असहाय अपांग सहित विभिन्न पिडित र विरामीलाई फलफूल देखि अन्य सहयाेग गर्दै आएकाे छ । जिल्ला अस्पताल पुगेर रक्तदान गर्नेमा दिनेश बहादुर धामी, मुकेश कुमार थापा,धन बहादुर घर्ती, गिता शाही ,कृष्णा थापा रामचन्द्र धामी,. सुमन बाेगटी,निरज प्रशाद रेग्मी ,देवेन्द्र जाेशि, बिरेन्द्र बाेहराले गर्नु भएको थियाे ।
हेर्नुहोस फोटोहरु









