नेपाल निजामती कर्मचारी सँगठन बझाङले रक्तदान कार्यक्रम गरेको छ ।
आज एक कार्यक्रमका विच नेपाल निजामती कर्मचारी सगठन बझाङले रक्तदान कार्यक्रम गरेको हाे । जिल्ला कार्यसमिति बझाङले सहिद मनाेज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवसकाे अवसरमा वृहत् रक्तदान कार्यक्रम गरेको सँगठन अध्यक्ष दिनेश बहादुर धामीले बताउनु भयाे ।
जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको जिल्ला अस्पतालमा गएर रक्तदान गरेको मुकेश थापाले बताए । उनले भने , उक्त कार्यक्रममा “रक्तदान जिवन दान” भन्ने मान्यतालाई स्थापित गर्दै विभिन्न व्याक्तिहरुले रक्तदान गरेको र हामीले रक्तदान गर्दा केही विरामीलाई सहज हुने उनकाे भनाइ थियाे ।
नेपाल निजामती कर्मचारी सँगठन बझाङले जिल्लामा दुखि गरिव असहाय अपांग सहित विभिन्न पिडित र विरामीलाई फलफूल देखि अन्य सहयाेग गर्दै आएकाे छ । जिल्ला अस्पताल पुगेर रक्तदान गर्नेमा दिनेश बहादुर धामी, मुकेश कुमार थापा,धन बहादुर घर्ती, गिता शाही ,कृष्णा थापा रामचन्द्र धामी,. सुमन बाेगटी,निरज प्रशाद रेग्मी ,देवेन्द्र जाेशि, बिरेन्द्र बाेहराले गर्नु भएको थियाे ।
हेर्नुहोस फोटोहरु
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३