गौरिगङ्गा नगर पालिका पुर्ण खोप घोषणा
२२ असार मसुरियाकैलाली, गौरीगङ्गा नगरपालिकालाई पुर्ण खोप (सुनिश्चितता ) दीगोपना घोषणा तथा प्रमाणीकरण कार्यक्रम सम्पन्न भएकोे छ ।नगरपालिका भित्रका सम्पुर्ण बालबालिकाले १५ महिनाको उमेरभित्र खोप पाएकोले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो ।
गौरीगंगा नगरपालिका खोप समन्वय समितिका संयोजक तथा नगर प्रमुख देविदत्त कडेलको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली जिल्ला खोप समन्वय समिति कैलालीका संयोजक तथा जिल्ला समन्वय प्रमुख खगराज भुषाल प्रमुख अतिथि कार्यक्रम गरिएको थियो ।
पुर्ण खोप सुनिश्चितता घोषणा राष्टि्य निति अनुसार गौरीगंगा नगरपालिकाका सबै वडामा पुर्ण खोप घोषणा भई सबै खोप सबै बालबालिकाहरूले पुर्णरुपमा प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख ईश्वरी भुसालले जानकारी दिनुभयो । नगरपालिकामा १६ देखि ५९ महिना भित्रका ३२८६ जना बालबालिकाले पुर्ण खोप पाएका छन् भने जन्मे देखि ...


