मस्टा गाउँपालिका को गत आर्थिक बर्षमा सडक सरसफाइ तथा स्तरोन्नतिमा मात्रै झन्डै अढाइ करोड खर्च
आर्थिक अनुशासन र नियम कानुनको प्रवाह नगरी जथाभावी बजेट खर्च गर्नेमा मुलुकका तीन सरकारमध्ये स्थानीय तह सबैभन्दा अराजक देखिएको छ। आर्थिक ऐन, नियम र कानुनलाई तिलाञ्जली दिँदै स्थानीय जनप्रतिनिधिले मनपरी ढंगले रकम खर्च गरेर राज्य स्रोतको चरम दुरुपयोग गरेको महालेखा परीक्षक कार्यालयको आर्थिक बर्ष २०७९/०८० को प्रतिवेदनले औंल्याएको छ। यही कारण स्थानीय तहको बेरुजु संघ र प्रदेशको तुलनामा झन्डै दोब्बर देखिएको छ।
यसको उदाहरण हो सुदुरपस्चिम बझाङ जिल्लाको मस्टा गाउँपालिका को कार्यालय यो पालिका को गत आर्थिक बर्ष २०७९/०८० मा लेखापरीक्षणबाट रू. ६६ लाख ३२ हजार बेरुजू देखिएको छ। सो सम्बन्धमा कुनै प्रतिक्रिया प्राप्त नभएकोले बाकी बेरुजु असुल गर्नुपर्ने रू. ९ लाख ७७ हजार, प्रमाण कागजात पेस गर्नुर्न रू. ४० लाख ४६ हजार र नियमित गर्नुपर्ने रु. १५ लाख ९ हजार रहेको छ। यस गाउँपालिकाको गत वर्ष सम्म रु. ...





