निजामती सेवा विधेयक आगामी असारभित्र ल्याउछौं : सामान्य प्रशासन मन्त्री जोशी
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती सेवा विधेयक सरकारले आगामी असारभित्र ल्याउने तयारी रहेको बताएका छन् ।
सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित ‘संघीयता, लोकतन्त्र र कानुनी शासन’ विषयक अन्तरक्रियामा उनले निजामती कर्मचारीमा देखिएका समस्या विधेयक आएपछि समाधान हुने बताएका हुन् । विधेयकले कर्मचारीको वृत्तिविकास, सरुवा र बढुवामा न्याय गर्ने उनको भनाइ थियो ।
सामाजिक सुरक्षा भत्ता बराबर पनि पुँजीगत खर्च नहुनु समस्या भएको उनले बताए । अहिलेको व्यवस्थामा आलोचनालाई सल्लाह र सुझावको रुपमा लिएको बताउँदै मन्त्री जोशीले निजामती कर्मचारी सेवा विधेयक आइसकेपछि प्रदेशस्तरमा देखिएका कर्मचारीको समस्या समाधान हुने बताए ।
अहिलेको व्यवस्थामा धर्मनिरपेक्षता, समावेशी, गणतन्त्र र समानुपातिक जस्ता विषय रहेकाले यसको समीक्षा हुनुपर्ने भन्दै मन्त्री जोशीले आगामी दिन...


