धनगढी : कैलालीको धनगढीमा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने भएको छ। जेठ १६ गतेदेखि नेपालकै पहिलो १७ वर्ष मुनिको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने भएको हो। साहारा नेपाल युवा क्लबले सुदूरपश्चिम सुपर लिगको तेस्रो संस्करण गर्ने भएको हो। प्रतियोगिता टि–२० फरमेटको प्रणालीबाट खेलाइने छ।
धनगढी उपमहानगरपालिका– १३ मा रहेको जनता राष्ट्रिय विद्यालयको खेलमैदानमा प्रतियोगिता हुने छ। जेठ १६ गतेदेखि जेठ २५ गतेसम्म उक्त प्रतियोगिता चल्नेछ। प्रतियोगितामा १० वटा टिमहरूको सहभागिता रहने आयोजक टिमका संस्थापक सदस्य मनोज भट्टले बताए। ।
अहिले तीव्र गतिमा प्रतियोगिताको तयारी चलिरहेको छ। खेलमैदान सफाईदेखि पिच बनाउने काम भइरहेको प्रतियोगिता संयोजक महेन्द्र सिंह धामीले बताए।
प्रतियोगिताको विजेताले ५० हजार नगद र उपबिजेताले ३० हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन।