राष्ट्रिय विकास परिषदको बैठकमा मुख्यमन्त्री सोडारीको सम्बोधन ‘ठुला विकास निर्माणका काममा राज्यले सुदूरपश्चिममाथि विभेद गरेको छ’
सुदूूपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले राष्ट्रिय विकास परिषदको बैठकमा सुदूरपश्चिम प्रदेश विकासका सम्भावनाका एजेण्डा प्रस्तुत गरेका छन् । विहिबार बैठकलाई सम्बोधन गर्दै सोडारीले सुदूरपश्चिम ५० को दशकमा कर्णाली नदीमा पुल बनेपछि पूर्वि नेपालसंग जोडिएको स्मरण गराए । उनले भने त्यस अघिका दिनमा काठमाडौ लगायत मुलुकका विभिन्न भागमा पुग्नका लागि समेत भारतको बाटो भएर आवतजावत गर्नुपर्ने अवस्था थियो, । त्यसपछिका दिनमा सडक, यातायातका क्षेत्रमा केही प्रगति भए पनि मानव सूचकांकमा सुदूरपश्चिम अझै पछाडि छ ।
प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा बोल्दै सोडारीले भने–‘–सुदूरपश्चिमको विकासको लागि भारतको तिकुनियादेखि ताक्लाकोटसम्मको सेती लोकमार्ग बनाउन जरुरी छ’ ।, सो सडक बनेपछि तिव्वतसंग सुदूरपश्चिमको पहुँच पुग्ने छ, । सेती लोकमार्ग बनेपछि मानसरोबर जानका लागि ने...



