आधुनिक मौरी पालनमा रमाउँदै लम्कीका भावेश उपाध्याय
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं -०२ निवासी युवा व्यवसायी भाबेश उपाध्याय विगत लामो समय देखि मौरीपालन व्यवसायमा लागी रहेका छन्। उहाँले यस क्षेत्रका युवाहरुलाई स्वरोजगार सहित कसरी मौरी व्यवसायमा लागेर मनग्य आम्दानी गर्न सकिन्छ भनेर अवरात्र हौसला दिँदै प्रशिक्षणमा खटिरहेका देखिन्छन्। उहाँ विगत ६ बर्ष देखि आधुनिक तरिकाले मौरी पालन व्यवसायमा सक्रिय रुपमा देखिन्छन् ।
उहाँले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी भईरहेको बताएका छन। उहाँ सँग अहिले करिव १५० भन्दा बढी घार छन्। जसबाट उहाँले वार्षिक ७ लाख जति आम्दानी गर्दै आईरहेका छन्। उहाँले वार्षिक करिव 30 कुइनट्ल मह उत्पादन गरी बजार सम्म पुर्याउने गरेकाे बताएका छन्। बजारका हकमा उहाँले कैलालीका विभिन्न ठाउँ हुँदै विशेष गरी काठमाण्डौं, पोखरा, बुटवल, दार्चुला, दाङ, बाँके, वर्दिया जिल्ला र माग अनुसार देशका विभिन्न ठाउँमा मह पठाउने गरेकाे बत...








