Advertisement

कैललाीको कर्णाली नदीको विपतमा ‘मोटर बोट’ प्रयोगमा रोक

Advertisement

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकाले २०८० फागुन १८ गते स्काई बर्ड एड्भेन्चर स्पोट्स प्रालिलाई पत्र पठायो। नगरपालिकाले चिसापानी क्षेत्रमा हुने विपद् तथा दुर्घटनमा परेकाको उद्दारमा सहयोग गर्न भनेको हो।

स्काई बर्डले २०८० चैत ४ गते बर्दिया राष्ट्रिय निकुञ्जलाई आवश्यक सहजिकरणका लागि भनेर पत्र पठाएको छ। उक्त पत्रमा लम्किचुहा नगरपालिकाको क्षेत्रमा बोट सञ्चालनको अस्थायी अनुमति माग गरिएको छ। पुल क्षेत्रमा विपद् तथा दुर्घटनाहरू हुन सक्ने भएकाले अस्थायी पार्किङ (पोट) स्थापनाका लागि आग्रह गरिएको छ। तर, बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रमा स्काई बर्डले मोटर बोट सञ्चालन गर्न पाएको छैन।

कर्णाली नदी तथा राष्ट्रिय निकुञ्जको क्षेत्रमा हुने दुर्घटना तथा विपद्मा समेत बोट प्रयोग गर्न नेपाली सेनाले रोक लगाएको हो। स्काई बर्ड एड्भेन्चरका प्रबन्धक निर्देशक केशव गाहले बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय, विभाग, पर्यटन मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसम्म पनि सो क्षेत्रका विपद्मा बोटबाट उदारका लागि आग्रह गरेको बताए। उनले भने, ‘चाडपर्वको समयमा कर्णाली पुल क्षेत्रमा जोखिम हुन्छ। दुर्घटना हुने गरेको छ। उदारका लागि लिखित र मौखिक आग्रह गरेको छु। तर, कुनै पनि निकायबाट अनुमति आएको छैन। लिखित निवेदन फाँटफाँटमा मात्र जाने हुँदैछ।’

कैलाली र सुर्खेतको सिमा क्षेत्रमा पर्ने कर्णाली नदीमा चार करोडको लागतमा ‘मोटर बोट’ सञ्चालनमा ल्याइएको छ। कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको पञ्चपुरी नगरपालिका–११ क्षेत्रमा पर्ने कर्णाली नदीमा ‘मोटर बोट’ सञ्चालनको अनुमती छ। मोहन्याल गाउँपालिकाले उक्त क्षेत्रमा बोट सञ्चालन गर्न तथा विपद्मा परेकाको उदार गर्न अनुमति दिएको छ। तर, बर्दिया जिल्लाको सीमा क्षेत्रमा बोट सञ्चालनको अनुमति छैन।

राष्ट्रिय निकुञ्जको कानुनमा बोट सञ्चालनको व्यवस्था नभएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर सिन्धु प्रसाद ढुङ्गानाले निकुञ्जको कानुनमा बोट सञ्चालनको व्यवस्था नभएको बताए। उनले भने, ‘निकुञ्जको नियमावलीमा मोटर बोट चलाउन पाउदैन। तर, विपद्को उदारमा रोकिएको छैन। मोटर बोट कोर एरियामा चलाउन मिल्दैन। उहाँले हामीलाई सोध्नु भएन। कानुनी विषयमा जोडेर विपद्का घटनाहरुमा जोड्नु भएन।’

कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको पन्चपुरी–११ को क्षेत्रमा पर्ने कर्णाली नदीमा बोट सञ्चालनका लागि स्काई बर्ड एड्भेन्चर स्पोर्टले सङ्घीय पर्यटन मन्त्रालयबाट स्वीकृति लिएको छ। तर, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा भने बोट सञ्चालनका लागि अनुमति छैन। राष्ट्रिय निकुञ्ज क्षेत्रमा हुने घटनामा समेत बोट प्रयोग गर्न पाइएको छैन। प्रबन्ध निर्देशक गाहाले भने, ‘अछामबाट आउदै गरेको मोटरसाइकल दुर्घटना हुँदा उदार गरेको थिए। चाँड पर्वको समयमा बढी दुर्घटना हुने गरेको छ। उदारमा सहयोग गर्न खोजेको हो। तर, मैले अनुमति पाएको छैन। निकुञ्जको क्षेत्रमा आउन पाउदैन भन्दै आएको छ। उदारमा जान पाउनुपर्ने हो। पुलबाट मान्छे खसेको बेला पनि जान पाएन।’

सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सिमानामा रहेको कर्णाली नदीको विपद्मा ‘मोटर बोट’ प्रयोगमा रोक लगाइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षामा रहेको नेपाली सेनाले कर्णाली नदीमा ‘मोटर बोट’ सञ्चालनमा रोक लगाएको हो।

राष्ट्रिय निकुञ्जको क्षेत्रमा विपद्का घटना हुँदा पनि ‘मोटर बोट’ सञ्चालन गर्न सकिएको छैन। लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा रहेको राष्ट्रिय निकुञ्जले कैलाली क्षेत्रको भागमा समेत ‘मोटर बोट’ सञ्चालन गर्न दिएको छैन।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज