
बझाङ : बझाङ जिल्लामा विपद ब्यावस्थापन समितिकाे बैठक बसेकाे छ ।आज जिल्ला प्रशासन कार्यालयकाे सभाहलमा विपद सम्वन्धि सराेकारवाला सँग बैठक बसेकाे हाे । प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुईकेलकाे अध्यक्षतामा जिल्ला समन्वय समिति प्रमुख नरवहादुर बाेहरा नगरपालिका प्रमुख गाउँपालीका प्रमुख तथा प्रतिनिधिहरु सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुकाे उल्लेख्य उपस्थिति थियाे ।
जिल्ला प्रशासन कार्यालयमा सञ्चालन भएको विपद सम्वन्धि बैठकमा विगत केही महिना अगाडि गएकाे भुकम्पले जिल्ला गरेकाे क्षेती सम्वन्धि कसरी के कति सहयाेग भयाे के कति कार्य सम्पन्न भयाे यसको डाटा सम्वन्धि समिक्षा गरिएको हाे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले जिल्लामा भुकम्पले गर्दा क्षेती भएको ठाउँमा कति प्रगति भयाे र भुकम्पले पिडितहरुकाे खातामा कसरी कति पैशा गएकाे भन्ने बिषयमा छलफल भएको थियाे ।

पहिलो किस्ता सबैकाे खातामा गएकाे र कहि पालिकामा विवरण नआएको कारण बाकी रहेको जिल्ला प्रशासन बझाङले जनाएको छ भने ,स्थानीय सरकारले पिडितलाई छिटोभन्दा छिटो काम सम्पन्न गर्न सुझाउदै दाेस्राे किस्ता पनि भुक्तानी लिन अनुराेध गरिएको छ । पछिल्लो समय भुकम्प बाट क्षेती भएको कहि घरहरु छुटेको गुनासो सँगसँगै स्थानीय सरकारले प्रकृया पुगाएर अगाडि बढाउन प्रमुख जिल्ला अधिकारी कुईकेलकाे भनाइ छ । विपद व्यावस्थापन समितिकाे बैठकमा कार्यक्रम सञ्चालन भने सहायक प्रमुख जिल्ला अधिकारी सत्या कुमारी जाेशीले गर्नु भएको थियाे ।


