Advertisement

एलन मस्कलाई पछि पार्दै जेफ बेजोस बने विश्वकै सबैभन्दा धनी व्यक्ति

Advertisement

धनगढी – एलन मस्कले नौ महिनापछि विश्वको सबैभन्दा धनाढ्य व्यक्तिको ताज गुमाएका छन् । 

सोमबार टेस्लाको शेयरमा भारी गिरावट आएर मस्कको सम्पत्ति घट्दा उनलाई पछि पारेर जेफ बेजोस धनाढ्य व्यक्ति बनेका हुन् ।

ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार सोमबार टेस्ला इन्कको शेयर ७.२ प्रतिशतले झरेको थियो । टेस्लाको शेयर घट्दा मस्कको सम्पत्ति एकैदिन १७.६ अर्ब डलरले घटी १९८ अर्ब डलर पुगेको छ ।

जबकि अमेजनका संस्थापक बेजोसको सम्पत्ति २०० अर्ब डलर रहेको छ ।

यसअघि सन् २०२१ मा बेजोस संसारको सबैभन्दा धनाढ्य व्यक्ति बनेका थिए । कुनै समय मस्कको सम्पत्ति बेजोसको भन्दा १४२ अर्बले बढी थियो । पछिल्लो समय अमेजनको शेयर बढ्दै गइरहेकाे छ भने टेस्लाको शेयर घटिरहेकाे छ ।

कोभिड महामारी फैलिएदेखि अनलाइन शपिङको अवधारणा बढ्दै गएपछि अमेजनको शेयर तीव्र गतिमा बढेको थियो । 

मस्कलाई विश्वकै सबैभन्दा धनाढ्य व्यक्तिका रूपमा स्थापित गर्न कम्पनीको बोर्डले सन् २०२१ मा उनलाई दिएको ५५ अर्ब तलब सुविधाको भूमिका महत्त्वपूर्ण थियो । मस्कलाई उक्त तलब सुविधा दिनु अस्वाभाविक भएको भन्दै कम्पनीका एक सदस्यले केही समयअघि मुद्दा दायर गरेका थिए । 

ब्लुमबर्गले भने मस्कका यी सबै सम्पत्तिलाई आधार बनाएको छ । यता जेफ बेजोससँग अमेजनको नौ प्रतिशत स्टक छ । बेजोस उक्त प्लेटफर्मका सबैभन्दा ठूला शेयरहोल्डर हुन् । उनीसँग ८.५ अर्ब बराबरको पाँच करोड शेयर रहेको छ ।

त्यसअघि सन् २०१७ मा माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै जेफ बेजोस संसारको सबैभन्दा धनी व्यक्ति बनेका थिए । 

ब्लुमबर्गका अनुसार लुइ भितनका अध्यक्ष बर्नार्ड अर्नल्ट भने १९७.५ अर्ब डलर सम्पत्तिका साथ धनाढ्यको शीर्ष तेस्रो स्थानमा छन् ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

धनगढी- अछाममा दुई किशोरीको हत्यामा संलग्न दुई किशोरलाई बाल सुधार गृह पठाएको छ। ढकारी गाउँपालिका-८ पल्साताकी १४ वर्षीया इशरा खड्का ...
विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

डडेल्धुरा- डडेल्धुरामा विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध देखापरेका छन् । जिल्लाको परशुराम नगरपालिका- ६ सिमलखेतमा आज विहान ४ ...
दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

जनकपुरधाम— सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । वडा...
५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय गरेको छ । ...
नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

धनगढी- कैलालीमा नवजीवन सहकारी संस्था लिमिटेडले आफैंले उत्पादन गरेको चामल बिक्रि वितरण सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशकै ठुलो सहक...
कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

धनगढी- कैलालीमा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ परेका छन्। विद्युत् प्राधिकरणको धनगढी वितरण के...
बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका–११ का वडासदस्य पदमराज जोशीले बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि आवश्यक पर्ने सुचकहरू पूरा गर्...
आज देशका केही स्थानमा वर्षाको सम्भावना

आज देशका केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज