कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम
कञ्चनपुर - पछिल्लो समय कञ्चनपुर पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा छ । रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय ५० जनाको रगत परीक्षण गरेको थियो ।
त्यसमा ४६ जनामा सिकलसेल एनिमिया रोग देखिएको छ । स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा परीक्षण गरिएकामध्ये एक सय ९९ मा बाहक (ट्रेट) देखा परेको थियो । “बाहक (ट्रेट) देखापरेका एक सय ९९ जनाको रगतको अन्तिम जाँच गर्दा ४६ जनामा सिकलसेल एनिमिया भएको पुष्टि भएको छ”, भट्टले भने, “त्यसमध्ये १२ जनामा गम्भीर खालको रोग देखिएको छ ।”
उनका अनुसार बाहक देखिएका एक सय ९९ मध्ये २२ महिला र २४ पुरुषमा सिकलसेल एनिमिया रोग देखिएको हो । उनले...


