Advertisement

Day: २०८० पुष २६, बिहीबार ११:५४

विश्वका घुम्नै पर्ने ३७ गन्तव्यको सूचीमा ‘मुस्ताङ’

विश्वका घुम्नै पर्ने ३७ गन्तव्यको सूचीमा ‘मुस्ताङ’

समाचार
अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ । न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै संसारका ३७ स्थानहरूमध्ये नेपालको मुस्ताङ पनि सन् २०२४ मा घुम्दै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएका छन् । हिमालपारिको जिल्लाको नामबाट परिचित मुस्ताङ धैलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बिचमा अवस्थित रहेको छ । करिव ३ हजार वर्ष भन्दा अगाडिको पुरातात्त्विक उत्खनन अनुसार यहाँबाट नेपाल र तिब्बत बिचको व्यापारिक मुख्य नाका रहेको थियो ।मुस्ताङको सदरमुकाम जोमसोम हो भने पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्छ । मुस्ताङ अन्नपूर्ण हिम शृङ्खलाको उत्तरमा पर्ने भएकाले एकदमै कम पानी पर्ने जिल्ला पनि हो । मुस...

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।  भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।  आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकाय बन्द रहने छन् ।  बाजुरा, बझाङलगायत पहाडी जिल्लामा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा समेत मनाउन थालिएको छ ।  पहाडबाट तराई झरेका बाजुरेली, बझाङ्गीले भुवा पर्व मनाउने गरेका हुन् । भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले पुस २६ देखि २८ गतेसम्म भुवाचाली खेल प्रतियोगिता आयोजना गर्ने जनाइएको छ ।...
अनेरास्ववियु सुदूरपश्चिम  प्रदेश को अध्यक्ष बने राई, सचिवमा रोकाया

अनेरास्ववियु सुदूरपश्चिम प्रदेश को अध्यक्ष बने राई, सचिवमा रोकाया

समाचार
कैलाली : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा मनोज राई चयन भएका छ। बुधबारदेखि सुरु भएको प्रदेश अधिवेशनमा बिहीबार बिहान उनको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । प्रदेश कमिटी उपाध्यक्षमा रोहित बोगटी, दिनेश सिंह र इन्द्र बोहरा, सचिवमा कमल रोकाया, उपसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउँद तथा कोषाध्यक्षमा जेबी कुँवर निर्वाचित भएका छन्।...

कञ्चनपुरको भीमदत्त–६ का वडाध्यक्षको मृत्यु

समाचार
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको निधन भएको छ । बुधबार राति मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । भीमदत्त नगरपालिकाका प्रवक्ता समेत रहेका उनी वडाको ऐठपुर क्षेत्र नहर किनारमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

अत्तरियामा आजदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु

समाचार
धनगढी - कैलालीको अत्तरियामा आजदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु हुँदैछ ।  अत्तरियाको लामिताल परिसरमा बिहीवारदेखि आठौं संस्करणको महोत्सव सञ्चालन हुन लागेको हो ।  महोत्सवको पूर्वसन्ध्यामा बिहान ११ बजेदेखि प्रभातफेरी गरेर १ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। महोत्सवको कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद वीर बहादुर बलायरले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष कल्याण सिंह बोहराले बताए ।  १५० स्टल निर्माण गरिएको महोत्सवमा सबै बुक भइसकेको जनाइएको छ । यस वर्ष महोत्सवमा थारू गाउँ प्रदर्शनीको छुटै मञ्च तयार गरिएको छ । महोत्सव भित्रै मिनी महोत्सवको झल्को दिने गरी छुटै मञ्च र स्टल तयार पारिएको छ ।  महोत्सवमा सामान्य प्रवेश शुल्क १ सय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । महोत्सवमा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज