चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्प
बझाङ - बझाङमा यही असोज १६ गते गएको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । बझाङको भातेखोला केन्द्रविन्दु भएर आज दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ ।
आजको भूकम्प गत मङ्गलबार दिउँसो गएको ६ दशमलव ३ म्याग्निच्युडको भूकम्पको पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो चार दिनमा बझाङ केन्द्रविन्दु भएर चार रेक्टरस्केलभन्दा माथिका १५ वटा भूकम्प गएका छन् ।कयौँ पटक परकम्प गएका स्थानीयले बताएका छन् ।
बझाङमा अहिलेसम्म भूकम्पमा परि एक जनाको ज्यान गएको छ भने दर्जनौ मानिस घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति पुगेको छ । यसैबिच सुदूरपश्चिममा कुनै पनि समयमा शक्तिशाली भूकम्प जान सक्ने वरिष्ठ भूकम्पविद्हरुले बताएका छन्। पश्चिम क्षेत्र भूकम्पको उच्च जोख...



