Advertisement

चिकित्सक संघ सुदूरपश्चिमले गर्याे ८ बुदे निर्णय

Advertisement

कैलाली : नेपाल चिकित्सक संघ सुदूरपश्चिमले विभिन्न ८ बुदे निर्णय गरेको छ । सोमबार धनगढीस्थित आस्था होटलमा प्राइभेट अस्पताल, फार्मेसी पेशाकर्मि प्रतिनिधी, पारामेडिक्स लगाएको उपस्थितमा चिकित्सकहरुको हकहितका लागि विभिन्न ८ बुदे निर्णय गरेको हो ।

“१. नेपाल सरकारका माननिय गृह मन्त्रीको समुपस्थितिमा नेपाल सरकार, स्वास्थ्य एवमं जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका सुरक्षित कार्यस्थल संघर्ष समिति विच भएको ६ बुँदे सम्झौताको कार्यान्वयनको लागि Central NMA मार्फत जोड दिने र त्यसको अपडेट वारे जानकारी लिने ।

२. नेपाल चिकित्सक संघ (NMA) Farwest शाखाको संयोजकत्वमा APHIN का प्रतिनिधि र अन्य स्वास्थ्यकर्मीहरुको प्रतिनिधित्व मूलक संस्थाका प्रतिनिधि रहने गरी एउटा समन्वय समिति १५ दिन भित्र गठन गर्ने र केही स्वास्थ्य संस्था एवमं स्वास्थ्यकर्मी माथि हातपात, तोडफोड हुदा उक्त समितिको आकस्मिक बैठक बसी तुरुन्त Action मा जाने ।

३. सुदुरपश्चिम लगायत देशभरका मिडिया हाउसहरुले अर्थात सत्य तथ्य नबुझी समाचार सप्रेशन गर्दा त्यसले नेपाली समाजमा स्वास्थ्य संस्था एवमं स्वास्थ्कर्मी प्रति नकारात्मक सन्देश दिन थालेको अवस्थालाई महसुस गरी उक्त नयाँ बन्न लागेको समन्वय समिति र मिडिया हाउस / पत्रकार बीच वृहत अन्तरक्रिया कार्यक्रमको सुरुवात गर्ने र लगातार गरिरहने साथै Central NMA द्वारा प्रकाशित Media Journalism Curriculum लागु गर्ने

४. कुनै पनि बेला स्वास्थ्य संस्था तोडफोड एवमं स्वास्थ्यकर्मी माथि हमला हुन सक्ने अवस्थालाई मध्यनजर गरी प्रत्येक अस्पतालले स्वास्थ्य संस्था एवमं स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन २०७९ ) अनुसार जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्ने र जिल्ला प्रशासन कार्यालय, कैलालीको सहकार्यमा एउटा सुरक्षा निकायको टुकदी सेती प्रादेशिक अस्पतालमा राखी आवश्यकता अनुसार तुरुन्त परिचालन हुने व्यवस्था मिलाउने / सो कार्यको लागि (NMA ) Farwest ले जिल्ला प्रशासन कार्यालमा ज्ञापन पत्र बुझाई सकेको र त्यसमा सि.डि.ओ. लगायत सुरक्षा प्रमुख प्रतिबद्धता भएको

५. विभिन्न समयमा आवश्यक पर्ने कानुनी परामर्शको लागि नेपाल चिकित्सक संघ (NMA) Farwest शाखाले सरकारी वकिल द्वारा कानुनी परामर्श लिने ।

६. सबै अस्पताल एवमं स्वास्थ्य संस्थाले “स्वास्थ्य संस्था एवमं स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन २०७९ ) ” बमोजिमको कानुनी सजाय / दण्ड सबै सेवाग्राहीले प्रशस्त देख्ने गरी राख्ने र अस्पतालका Television / LCD हरुमा सबैले बुने गरी अस्पताल एवमं स्वास्थ्यकर्मीको सुरक्षा एवमं दण्ड सम्वन्धी दृश्य सामग्री माध्यमबाट लगातार प्रसारण गर्ने व्यवस्था मिलाउने ।

७. देशभरि बढ्दै गईरहेको अस्पताल तोडफोड र स्वास्थ्यकर्मी कुटपिटको घटनामा अपुग जनशक्ति मुख्य कारण रहेकोमा सो को परिपुर्तिको लागि सुदुरपश्चिमको सबै स्वास्थ्य संस्थाहरुमा तुरुन्त ONM सर्वे गरी जनशक्ति परिपुर्ति गर्न प्रदेश मुख्य मन्त्री तथा मन्त्रि परिषदको कार्यालय, सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य तथा शिक्षा संसदीय समिति र प्रदेश लोकसेवा आयोगमा Lobbing (पैरवी) गर्ने

८. चिकित्सक एवमं स्वास्थ्यकर्मीले विरामी र विरामीका आफन्तहरु प्रति गरिने व्यवहारले पनि जटिल एवमं तनावको स्थिति सिर्जना हुने हुदा उपचार एवमं परामर्शको समयमा केही बढी समय लिई उनीहरुलाई विश्वस्त तुल्याउन Attitude/Behavior मा पनि ध्यान दिनुपर्ने र क्रमश सुधार्दै लैजानु पर्ने ।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज