Advertisement

Day: २०८० भाद्र ३१, आईतवार २२:०१

बझाङमा पनि हरितालिका तिजको रौनक

बझाङमा पनि हरितालिका तिजको रौनक

बझाङ, मनोरञ्जन, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा पनि हरितालिका तिजको रौनक बढेको छ । आज तीजको दरखाने दिनसँगै तीज पर्व शुरु भएको छ । तर, बझाङ सदरमुकाम चैनपुर सहित बजारदेखि गाउँघरसम्म तिजको स्वागतका लागि हप्तौदेखि दर खाने कार्यक्रमको आयोजना गरिएका छन् । भोली असोज १ गते हरितालिका तिज पर्व धुमधामले मनाइदै छ। तिज नेपाली हिन्दू नारीले विषेश महत्त्वका साथ मनाउने गर्दछन् । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन विषेश रूपमा मनाइने यो पर्वमा भगवान शिवको पूजा आरधना गरिनुका साथै कठोर व्रत बसेर नाचगान एवं मनोरञ्जन गर्ने परम्परा छ । नेपाली हिन्दू महिलाले तिज आउनुभन्दा १०÷१५ दिन अगाडिबाट नै हर्षोल्लासका साथ मनाउन सुरु गर्छन् । हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य अवस्था राम्रो होस् भन्ने उद्धेश्यले कठोर रूपमा पहिलोपटक व्रत राखेको धार्मिक विश्वासका साथ हिन्दू नारीले यो पर्व मनाउँदै आएका छन् । तिजका बेला विवाहित हिन्...
सरकारले CMA को माग सम्बोधन नगरे अदालत जाने चेतावनी

सरकारले CMA को माग सम्बोधन नगरे अदालत जाने चेतावनी

समाचार, सुदूरपश्चिम, स्वास्थ्य
नेपाल सी.एम.ए.सङ्घले उठाएका माग सरकारले सम्बोधन नगरे अदालत जाने चेतावनी दिएको छ । उनीहरूले स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान पुर्‍याइरहेका सी.एम.ए.ले उठाएका माग सरकारले सम्बोधन गर्नेतर्फ चासो नदेखाएको गुनासो गरेका छन् । नेपाल सी.एम.ए. सङ्घ जिल्ला कार्यसमिति बझाङ को तेस्रो जिल्ला कार्यसमेतिको बैठक मा उनीहरूले औषधि बिक्रीवितरण गर्न पाउनुपर्ने माग गरेका हुन् । सरकारी स्वास्थ्य संस्थामा बिहान देखि बेलुकी सम्म एउटा स्वास्थ्यकर्मी (CMA) को भरमा कुष्ठ रोग,क्षयरोग लगायत सबै किसिमको औषधि वितरण गर्न पाउने तर त्यहीँ स्वास्थ्यकर्मी ले निजी क्लिनिकबाट औषधि वितरण गर्न नपाउनु दुःखद भएको जिल्ला अध्यक्ष कृष्ण बहादुर गुर्धामीले बताउनु भएको छ । बझाङमा दर्ता फार्मेसी पसल १ मात्रै बुंगल फार्मेसी रहेको र बाँकी सबै ले राज्यको घरीघरी दबाब ले डर ले कानुन बिपरित अरुको डकुमेन्ट किनेर ,भाडामा झुन्डिएर ब...
मन्त्रालयकाे कडा चेतावनी पैशा उठाउन संलग्न रहेको गृहलाई कार्वाही गर्न माग

मन्त्रालयकाे कडा चेतावनी पैशा उठाउन संलग्न रहेको गृहलाई कार्वाही गर्न माग

मुख्य समाचार, सुदूरपश्चिम
धनगढी सुदुरपश्चिम प्रदेश सरकार भुमि ,व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कडा चेतावनी दिएको छ । पछिल्लो समय केही गृहले सरकारमा सहभागी मन्त्रीकाे स्वकीय हु भन्दै नानाथरी नाम जाेडेर पैशा उठाउदै आएको बिषयमा मन्त्रालयकाे गम्भीर ध्यानाकर्षण भएको मन्त्रीमा प्रमुख स्वकीय सचिव नवीन थापाले बताए । प्रमुख स्वकीय सचिव रहेका थापाले एक विज्ञप्ति मार्फत भनेका छन । हाम्रो नागरिक उन्मुक्ति पार्टी प्रदेश सरकारकाे कृषि मन्त्रालय सम्मालिरहेकाे छ । यसै विच एक गृह अनावश्यक रुपमा खेलिरहेको देखिन्छ । हामी र हाम्रो पार्टीले यस्तो बदनाम हुने र गर्ने कुनै पनि ब्याक्तिलाई छाेड्ने छैन । हाम्रो मन्त्रालय बाट भन्दै,अपरिचित कुनै ठग मान्छेले पैशा उठाएको प्रति मन्त्री र मन्त्रीका प्रमुख स्वकीय सचिवको गम्भीर ध्यानाकर्षण भएको छ । साथी पार्टीको पनि गम्भीर ध्यानाकर्षण भएको भन्दै,प्रहरी कार्यालयमा उजुरी पनि दर्त...
देशभरका अस्पतालमा आज आकस्मिकबाहेकका सेवा बन्द 

देशभरका अस्पतालमा आज आकस्मिकबाहेकका सेवा बन्द 

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
नेपाल चिकित्सक संघले आइतबार (आज) देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको छ ।  मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा संघले आज आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको हो ।  यही भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले शनिबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो । दोषीमाथि अझै कारबाही नगरिएको भन्दै संघले सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो । देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग पनि संघले गरेको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज