Advertisement

Day: २०८० भाद्र १४, बिहीबार १८:४८

बझाङमा जंगली च्याउ खाँदा एकको मृत्यु, एक गम्भीर बिरामी

बझाङमा जंगली च्याउ खाँदा एकको मृत्यु, एक गम्भीर बिरामी

बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङमा जङ्गली च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं ६ नौरामा जङ्गली विषालु च्याउ खाँदा स्थानीय सात वर्षिया सञ्जिला कठाएतको ज्यान गएको हो । बुधबार बेलुका जङ्गली च्याउको तरकारी पकाएर खाँदा स्थानिय लक्ष्मण कठाएतका श्रीमती एक छोरा र एक छोरी सहित तिन जना गम्भिर बिरामि भएका हुन । गम्भिर बिरामि भएकि सञ्जिलालाई बुधबार राती नै उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो । उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रिफर गरिएकोमा बिच बाटोमै ज्यान गएको छ । ११ वर्षिय छोरा सुदिपलाई आज विहिबार उपचारको लागि जिल्ला अस्पताल ल्याइएकोमा अवस्था गम्भिर भएपछि थप उपचारको लागि धनगढी रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ । आमा पुनी कठाएतलाई भने उपचार पछि घर पठाइएको वडाध्यक्ष नरेन्द्र बहादुर सिहँले जानकारी दिनुभयो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज