Advertisement

जिल्ला अस्पताल बझाङको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

Advertisement

जिल्ला अस्पताल बझाङको आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगती समिक्षा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आज जिल्ला अस्पताल बझाङको आयोजनामा आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगती तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । आर्थिक बर्ष २०७९÷०८० मा जिल्ला अस्पताल बझाङबाट प्रवाह भएको सेवा सुविधा, उपलब्धि एव चुनौती लगाएतका अन्य गतीबिधीका बारेमा सहभागिहरुले गुनासो जिज्ञासा राख्ने र त्यसको जवाफ जिल्ला अस्पतालका स्वास्थ्यकर्मि तथा व्यवस्थापन समितिका पदाधिकारीहरुले दिएर सेवा पारदर्शि बनाउनको लागी सार्बजनिक सुनुवाइ गरीएको हो ।
उक्त सार्बजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले अस्पतालमा भएको सेवा प्रवाहमा देखिएका चुनौती, कमिकमजोरीहरु र सुधार गर्नुपर्ने लगाएतका बिषयमा जिज्ञासा,गुनासा र सुझावहरु समेत राखेका छन् ।

सहभागिहरुको .गुनासा जिज्ञासाको जवाफ अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर नवराज जोशीले दिनुभयो । उहाँले गत वर्ष जिल्ला अस्पताल बझाङ न्युनतम सेवा मापदण्डमा देशकै दोस्रो उत्कृष्ट बनेको स्मरण गर्दै यसवर्ष पहिलो बनाउने प्रयास गरिरहेको बताउनुभयो । यसैबिच गत आर्थिक वर्षमा अस्पतालमा उत्कृष्ट कार्य गर्न सफल दुई कर्मचारीहरुलाई सम्मान सहित पुरस्कृत गरीएको छ । जनभावनाको कदर गर्दै इमान्दारिता पुवर्क काम गर्ने अस्पतालका ल्यावअसिस्टेन्ट करीष्मा भण्डारी र खानेपानी तथा सरसफाई सहायक लक्ष्मिराज कोइरालालाई नगद सहित प्रशसांपत्र प्रदान गरिएको हो ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोनु सिहँको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा जिल्ला समन्वय प्रमुख नर बहदुर बोहोरा प्रमुख अतिथि रहनुभएको थियो । यस्तै अतिथिमा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, विभिन्न पालिकाका प्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिहरुको सहभागीता रहेको थियो

प्रतिक्रिया

छुटाउनुभयो कि ?

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालि...
२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अवि...
आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

धनगढी- कैलालीको चुरे गाउँपालिका- २ देशना सलानीका लालबहादुर सार्कीको परिवारलाई आगलागीबाट भएको क्षतिपछि सङ्कलित सहयोग रकम हस्तान्तरण...
पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

चुल्ठिमा रिबनको डोरी, मुन्टा लाउन्या काटा, आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा.. यस्तै गीतबाट हजारौँ स्रोता-दर्शकको मन जित...
औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

  नेपालगञ्ज, । औषधिको समुचित प्रयोग, गुणस्तरीय फार्मेसी सेवा प्रवाह तथा औषधि व्यवस्थापनका समसामयिक चुनौतीबारे सरोकारवालाबी...
आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

धनगढी- अछामको रामारोसन गाउँपालिका-५ की बालिका कल्पना बुढाको परिवारलाई संकलित रु ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। व...
चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

  धनगढी, असार ८ – कैलालीको चुरे गाउँपालिका लाई आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर...
समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

धनगढी- बझाङका युवा समाजसेवी तथा राजनीतिक व्यक्तित्व युवराज भण्डारी व्यवसायिक क्षेत्रमा प्रवेश गरेका छन्। लामो समयदेखि समाजसेवा र र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज