Advertisement

जिल्ला अस्पताल बझाङको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

Advertisement

जिल्ला अस्पताल बझाङको आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगती समिक्षा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आज जिल्ला अस्पताल बझाङको आयोजनामा आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगती तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । आर्थिक बर्ष २०७९÷०८० मा जिल्ला अस्पताल बझाङबाट प्रवाह भएको सेवा सुविधा, उपलब्धि एव चुनौती लगाएतका अन्य गतीबिधीका बारेमा सहभागिहरुले गुनासो जिज्ञासा राख्ने र त्यसको जवाफ जिल्ला अस्पतालका स्वास्थ्यकर्मि तथा व्यवस्थापन समितिका पदाधिकारीहरुले दिएर सेवा पारदर्शि बनाउनको लागी सार्बजनिक सुनुवाइ गरीएको हो ।
उक्त सार्बजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले अस्पतालमा भएको सेवा प्रवाहमा देखिएका चुनौती, कमिकमजोरीहरु र सुधार गर्नुपर्ने लगाएतका बिषयमा जिज्ञासा,गुनासा र सुझावहरु समेत राखेका छन् ।

सहभागिहरुको .गुनासा जिज्ञासाको जवाफ अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर नवराज जोशीले दिनुभयो । उहाँले गत वर्ष जिल्ला अस्पताल बझाङ न्युनतम सेवा मापदण्डमा देशकै दोस्रो उत्कृष्ट बनेको स्मरण गर्दै यसवर्ष पहिलो बनाउने प्रयास गरिरहेको बताउनुभयो । यसैबिच गत आर्थिक वर्षमा अस्पतालमा उत्कृष्ट कार्य गर्न सफल दुई कर्मचारीहरुलाई सम्मान सहित पुरस्कृत गरीएको छ । जनभावनाको कदर गर्दै इमान्दारिता पुवर्क काम गर्ने अस्पतालका ल्यावअसिस्टेन्ट करीष्मा भण्डारी र खानेपानी तथा सरसफाई सहायक लक्ष्मिराज कोइरालालाई नगद सहित प्रशसांपत्र प्रदान गरिएको हो ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोनु सिहँको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा जिल्ला समन्वय प्रमुख नर बहदुर बोहोरा प्रमुख अतिथि रहनुभएको थियो । यस्तै अतिथिमा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, विभिन्न पालिकाका प्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिहरुको सहभागीता रहेको थियो

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

गलत भए मलाई जेल हाल: मेयर बालेन

गलत भए मलाई जेल हाल: मेयर बालेन

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई गलत जेल हाल्न संघीय सरकारलाई चुनौती दिएका छन्। कानून मिच्ने भ्रष्टाचार...
डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

धनगढी- डोटीमा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका- ६ स्वाडाका अन्दाजी ६२ वर्षीय करी साउँद र उनकी श्री...
बझाङमा क्षयरोगका ४७ प्रतिशत बिरामी मात्र उपचारको दायरामा

बझाङमा क्षयरोगका ४७ प्रतिशत बिरामी मात्र उपचारको दायरामा

बझाङ– बझाङमा राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण २०१९ (Prevalence Survey 2019) का आधारमा वार्षिक रूपमा करिब ४ सय १५ जना नयाँ क्षयरो...
अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु

अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु

धनगढी- अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका-६, दर्ना चन्डालीकी १८ वर्षीया सुनिता कडा...
कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने निर्णयको चौतर्फी विरोध

कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने निर्णयको चौतर्फी विरोध

काठमाण्डौ – कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारुढ कां...
प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे सर्वसम्मत

प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे सर्वसम्मत

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन । सोमबार बिराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय अधिवेशनले पाण्डेको अ...
आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको प...
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज