मेष राशिलाई साउन महिनामा केही चुनौती आइपर्ने सम्भावना छ। अरूको उक्साहटमा लाग्दा व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। महत्त्वाकांक्षाले आर्थिक जोखिम तथा परिवारमा विग्रह निम्त्याउने सम्भावना छ। कृषि तथा पशुपालनमा नयाँखाले समस्या आउन सक्छ। स्वास्थ्य कमजोर हुनेहरूलाई छाती, फोक्सो र दमको समस्याले सताउने सम्भावना छ। रोकिएका काम थाल्न हतार नगर्नुहोला। पहिलेका काममा समस्या देखिए पनि नयाँ कामतर्फ अग्रसर बन्ने समय छ। मिहिनेतले नयाँ अवसर दिलाउन सक्छ। गुरुजनको सहयोगले अध्ययनमा उचाइको मार्ग अवलम्बन गर्न सकिनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन प्रगाढ बन्दै जानेछ।