सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक, एसपीए कलेज मुख्य प्रायोजक
धनगढी- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ। शनिबार आयोजित कार्यक्रममा टोलीका मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी र कप्तान शेर मल्लले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन्।
राष्ट्रिय टोलीका सदस्य समेत रहेका कप्तान मल्लको नेतृत्वमा रहेको सुदूरपश्चिम टोलीलाई यस सिजनदेखि धनगढीस्थित एसपीए कलेजले मुख्य प्रायोजन गरेको हो। कलेजले महिला र पुरुष दुवै टोलीलाई आगामी तीन वर्षका लागि प्रायोजन गर्ने सम्झौता गरेको जनाएको छ।
कार्यक्रममा प्रबन्ध निर्देशक शाहीले टोलीलाई शुभकामना व्यक्त गर्दै प्रदेशलाई च्याम्पियन बनाउने लक्ष्यका साथ अघि बढ्न आग्रह गरे। उनले प्रदेशको क्रिकेटलाई व्यवसायिक बनाउने उद्देश्यले अन्य कर्पोरेट क्षेत्रसँग सहकार्य विस्तार ग...












