Advertisement

हाम्रो बारेमा

वर्षासँगैको हुरीले दुर्गाथलि-६ स्वास्थ्य केन्द्रको सोलार उडायो, सेवा प्रभावित हुने जोखिम

वर्षासँगैको हुरीले दुर्गाथलि-६ स्वास्थ्य केन्द्रको सोलार उडायो, सेवा प्रभावित हुने जोखिम

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङको दुर्गाथलि गाउँपालिका-६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा जडान गरिएको सोलार प्रणालीमा हावाहुरीले पूर्ण रूपमा क्षति पुर्‍याएको छ। गएराति परेको वर्षासँगै आएको हावाहुरीले स्वास्थ्य केन्द्रमा जडान गरिएका सोलार प्यानल (पाता) उडाएर नष्ट पारेको हो। राति तिव्र गतिमा आएको हावाहुरीले स्वास्थ्य केन्द्रमा जडान गरिएको २ किलो वार्ड सोलारको ८ वटै प्यानल (पाता) उडाउँदा पूर्णरूपमा क्षति भएको केन्द्रका प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो । सोलार प्रणालीमा क्षति पुगेपछि स्वास्थ्य चौकीको सेवा प्रवाह प्रभावित हुने चिन्ता बढेको छ। उक्त स्वास्थ्य चौकीमा विद्युत् आपूर्ति मुख्यतः सोलारमार्फत हुने भएकाले अहिले सेवा सञ्चालनमा कठिनाइ हुने अवस्था देखिएको छ।...
जीर्ण भवनमा सञ्चालन भइरहेको भवानी माविको माननीय ऐन महरद्वारा अनुगमन

जीर्ण भवनमा सञ्चालन भइरहेको भवानी माविको माननीय ऐन महरद्वारा अनुगमन

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङ जिल्लाको थलारा गाउँपालिका ७ माडुकाट्नेमा रहेको भवानी माध्यमिक विद्यालयको अवस्था निकै दयनीय बनेको छ । केही वर्षअघि गएको भूकम्पले क्षतिग्रस्त बनाएको जीर्ण भवनमै बसेर यहाँका विद्यार्थीहरू पठनपाठन गर्न बाध्य भएका छन् । कक्षा १२ सम्म अध्ययन हुने यस विद्यालयमा करिब चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् तर सुरक्षित र व्यवस्थित भवनको अभावका कारण विद्यार्थीहरूले जोखिमपूर्ण वातावरणमै पढ्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् । भूकम्पपछि भवनमा चिरा परेका कारण विद्यालयको संरचना कमजोर बन्दै गएको छ । वर्षायाममा पानी चुहिने र भवन भत्किने जोखिमका कारण विद्यार्थी तथा शिक्षकहरू त्रासपूर्ण वातावरणमै पठनपाठन सञ्चालन गरिरहेका छन् । यसैबीच बझाङका माननीय ऐन महर ले विद्यालयको जीर्ण भवनको अनुगमन गरेका छन् । निर्वाचन जितेपछि जिल्लाका विभिन्न समस्या नजिकबाट बुझ्न गाउँगाउँ पुग्ने क्रममा उनले भवानी...
अस्ट्रेलियाको एजवर्थमा ‘लेकाली स्ट्रीट फुड’ सञ्चालनमा

अस्ट्रेलियाको एजवर्थमा ‘लेकाली स्ट्रीट फुड’ सञ्चालनमा

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्य अन्तर्गत एजवर्थमा नेपाली स्वादका परिकार उपलब्ध गराउने ‘लेकाली स्ट्रीट फुड’ रेस्टुरेन्ट सञ्चालनमा आएको छ। शनिबार आयोजित कार्यक्रमबीच रेस्टुरेन्टको उद्घाटन गरिएको हो। उक्त रेस्टुरेन्टमार्फत नेपाली मौलिक स्वादका परिकारहरू प्रवद्र्धन गर्ने उद्देश्य राखिएको सञ्चालकले बताएका छन्। यहाँ विशेषगरी ताजा मोमो, सबै शुद्ध नेपाली परिकार तथा हिमाली स्वादका परिकारहरू ग्राहकलाई उपलब्ध गराइने जनाइएको छ। शनिबार दिउँसो १ बजे आयोजित उद्घाटन कार्यक्रममा स्थानीय बासिन्दा तथा नेपाली समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। आयोजकले नेपाली स्वाद र संस्कृतिको झल्को दिने परिकारहरूको अनुभव लिन सबैलाई आमन्त्रण गरेका छन्। रेस्टुरेन्ट एजवर्थस्थित Unit 2/13 Arnott Street मा सञ्चालनमा आएको हो। रेस्टुरेन्ट सम्बन्धी थप जानकारीका लागि 0449910977 नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ। यसको...
पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान नेपाल कोरियामैत्री अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् ।...
समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दललाई कति ?

समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दललाई कति ?

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट गरेको छ । यसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राप्रपाले ४ सिट प्राप्त गरेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६ सय १७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको आयोगले जनाएको छ । दलहरूले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुनबमोजिम तोकिएको थ्रेस होल्ड (३ प्रतिशत) पार गर्ने ६ दलले पाउने सिट निर्धारण गरिएको हो । आयोगले ३ दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेश गर्न हिजो नै दलहरूलाई पत्राचार गरेको जनाएको छ । समानुपातिकतर्फको औपचारिक नतिजा घोषणासँगै प्रतिनिधिसभामा ६ दल हुने निश्चित भएको छ । रास्वपाको प्रत्यक्षतर्फ १ सय २५ र समानुपातिकतर्फ ...
अछाम अस्पतालमा घोटाला : बिरामीलाई सिटामोल छैन, स्टोरबाट ५० लाखका औषधि गायब

अछाम अस्पतालमा घोटाला : बिरामीलाई सिटामोल छैन, स्टोरबाट ५० लाखका औषधि गायब

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
अछाम- अछाम जिल्ला अस्पतालमा लामो समयदेखि चरम बेथिति चलिरहेको खुलासा भएको छ । बेथितिको सीमा यतिसम्म छ कि १८ लाख नगद हिनामिना मात्र भएको छैन ५० लाख बराबरको औषधि समेत गायब पारिएको छ । तर बिडम्बना दुर्गम गाउँबाट घण्टौं पैदल हिँडेर आउने बिरामीले सिटामोल समेत नपाउने अवस्था छ । सरकारी फार्मेसीमा निस्शुल्क पाउनुपर्ने सिटामोल र जीवन रक्षक औषधिहरू ‘स्टक छैन’ भन्दै बिरामीलाई निजी मेडिकलतिर पठाउने गरिन्छ । यता, अस्पतालको स्टोरबाटै झन्डै ५० लाख मूल्य बराबरको औषधि र उपकरण रहस्यमय ढंगले गायब पारिएको तथ्य सार्वजनिक भएको छ । चिकित्सक र राजनीतिक संरक्षणप्राप्त कर्मचारीहरूको मिलेमतोमा अस्पतालको बेहाल पारिएको छ । घोटालामा अस्पतालका उच्चपदस्थ कर्मचारी, राजनीतिक पहुँच भएका प्रशासक र स्टोर प्रमुखको प्रत्यक्ष संलग्नता रहेको स्रोतको दाबी छ । अस्पताल स्रोतका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा मात्रै १८ लाख ७...
युद्ध अन्त्यका लागि इरानको यस्तो सर्त

युद्ध अन्त्यका लागि इरानको यस्तो सर्त

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अमेरिका-इजरायलसँगको युद्ध अन्त्यका लागि इरानका राष्ट्रपति मसुद पेजेस्कियानले सर्त राखेका छन्। रुस र पाकिस्तानका नेताहरूसँगको कुराकानीमा उनले मध्यपूर्व क्षेत्रमा शान्ति स्थापनाका लागि इरान प्रतिबद्ध रहेको दाबी गरे। सामाजिक सञ्जाल एक्समा इरानका राष्ट्रपति पेजेस्कियानले लेखेका छन्, ‘इजरायल र अमेरिकाले सुरु गरेको युद्ध अन्त्य गर्ने एक मात्र उपाय भनेको इरानको वैध अधिकारलाई मान्यता दिनु, युद्धमा भएको क्षतिको क्षतिपूर्ति दिनु र भविष्यमा हुने कुनै पनि आक्रमणलाई रोक्न बलियो अन्तर्राष्ट्रिय ग्यारेन्टी प्रदान गर्नु हो।’ इरान, अमेरिका र इजरायलबिच जारी द्वन्द्वका कारण मध्यपूर्व क्षेत्रमा अशान्ति उच्च रहेका बेला पेजेस्कियानको उक्त अभिव्यक्ति आएको हो। मंगलबार मात्र इरानले मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी र इजरायली अड्डाहरूलाई निसाना बनाइएको बताएको थियो। अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा...
प्रतिनिधिसभामा सीमान्तकृत समुदायको प्रतिनिधित्व कमजोर

प्रतिनिधिसभामा सीमान्तकृत समुदायको प्रतिनिधित्व कमजोर

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डाै– प्रतिनिधिसभामा सीमान्तकृत समुदायको उपस्थिति अपेक्षाकृत रूपमा कमजोर देखिएको छ । प्रतिनिधिसभा सदस्य चुनावकाे प्रत्यक्षतर्फ १६५ सिटमध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) मात्रै सीमान्तकृत समुदायका उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै आदिवासी जनजाति २६ जना (१५.७६ प्रतिशत), मधेशी २८ जना (१६.९७ प्रतिशत), थारू पाँच जना (३.०३ प्रतिशत), मुस्लिम चार जना (२.४२ प्रतिशत) र दलित एक जना (०.६१ प्रतिशत) मात्र निर्वाचित भएका छन् । सीमान्तकृत समुदायभित्र पनि झन्डै १३.४ प्रतिशत जनसङ्ख्या भएको दलित समुदायको प्रतिनिधित्व झन् कमजोर देखिन्छ । समानुपातिकतर्फ दलहरूले पाएको मतका आधारमा दलित क्लस्टरबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सात महिला र दुई पुरुष गरी नौ जना, नेपाली कांग्रेसबाट दुई महिला र एक पुरुष, नेकपा (एमाले) बाट एक महिला तथा नेकपाबाट एक महिला गरी जम्मा १४ जना प्रतिनिधिसभामा आउने द...
आज विश्व मिर्गाैला दिवस

आज विश्व मिर्गाैला दिवस

Breaking News 1, समाचार, स्वास्थ्य
काठमाण्डाै- आज विश्व मिर्गाैला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीवार यो दिवस मनाइन्छ । यो दिवसको मुख्य उद्देश्य मिर्गाैला स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनु र यसका रोगहरूको जोखिम कम गर्नु हो । मिर्गाैला शरीरको निकै संवेदनशील अङ्ग हो जसको हेरचाह र प्रारम्भिक परीक्षणले रोग लाग्नबाट जोगाउन सक्छ । यो दिवसले मिर्गाैला स्वास्थ्यप्रति सचेत रहन र स्वस्थ्य जीवनशैली अपनाउन जोड दिन्छ । नेपालमा झन्डै ३० लाखभन्दा धेरै मानिसमा मिर्गाैलासम्बन्धी समस्या भएको अनुमान छ भने वर्षेनि ३ हजार जनाकाे मिर्गाैला फेल हुने गरेको छ । मिर्गाैला बिग्रिन सक्ने विभिन्न कारणहरू भएकाले यसको विशेष हेरचाह र सचेतना आवश्यक छ । मिर्गाैला रोगका लक्षणहरू नदेखिँदै यसको जोखिम बढ्न सक्ने भएकाले समयमै परीक्षण गराउनुपर्ने डाक्टरहरूको सुझाव छ । मिर्गाैला स्वस्थ्य राख्न हरेक दिन क...
अछाममा नाबालिकामाथि नग्न भिडियो बनाएर ४ वर्षसम्म ब्ल्याकमेल र बलात्कार, आरोपी शाहीविरुद्ध १० वर्ष कैद माग

अछाममा नाबालिकामाथि नग्न भिडियो बनाएर ४ वर्षसम्म ब्ल्याकमेल र बलात्कार, आरोपी शाहीविरुद्ध १० वर्ष कैद माग

समाचार
सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान गरी एक किशोरीलाई नग्न भिडियोको डर देखाएर विगत ४ वर्षदेखि निरन्तर बलात्कार र ब्ल्याकमेल गर्दै आएको घटना सार्वजनिक भएको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं. ४ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. १, कृष्णमन्दिरस्थित डेरा गरी बस्ने ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कारको अभियोग पत्र दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले पीडित किशोरीको जाहेरीका आधारमा प्रतिवादी शाहीविरुद्ध १० वर्षसम्मको कैद सजाय र भारी जरिबाना माग गर्दै मुद्दा दायर गरेको हो। अभियोग पत्रमा उल्लेख भएअनुसार पीडित र पीडकबीच वि.सं. २०७६ सालतिर सामाजिक सञ्जाल फेसबुक र म्यासेन्जरमार्फत चिनजान भएको थियो। सामान्य कुराकानीबाट सुरू भएको यो चिनजान बिस्तारै बाक्लो बन्दै गयो। घटनाको सुरुवात २०७८ सालको भदौ महिनाबाट भएको देखिन्छ। त्यसबेला पीडित किशो...
अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

अछाममा एमालेतर्फ आकर्षण : चौरपाटीमा रामबहादुर साउँदसहित डुङ्ग्री टोलनै एमालेमा प्रवेश

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- अछामको चौरपाटी गाउँपालिका-३ को एक गाउँ नै नेकपा एमालेमा प्रवेश गरेको छ। पूर्व समाजवादी गाउँ कमिटी अध्यक्ष तथा निर्वाचित वडाध्यक्षसमेत रहेका रामबहादुर साउँदसहित डुङ्ग्री टोलका ठूलो संख्यामा नेता तथा कार्यकर्ता आइतबार एमालेमा समाहित भएका हुन्। आइतबार चौरपाटीमा आयोजित मतदातालाई धन्यवाद ज्ञापन कार्यक्रमका क्रममा साउँदसहित करिब पाँच सय जना एमालेमा प्रवेश गरेको एमालेका चौरपाटीले जनाएको छ। पार्टी फुटका बेला समाजवादीतर्फ लागेका साउँद अहिले आफ्ना समर्थकसहित पुनः एमालेमै फर्किएको जनाइएको छ। कार्यक्रममा डुङ्ग्री टोलका अधिकांश नेता तथा कार्यकर्ता सामूहिक रूपमा एमालेमा प्रवेश गरेका थिए। पार्टी प्रवेशका क्रममा बोल्दै साउँदले जनपक्षीय काम गर्ने पार्टी एमाले भएकाले आफूहरू आफ्नै घरमा फर्किएको बताएका थिए। “जनताको पक्षमा काम गर्ने बलियो शक्ति एमाले भएकाले हामीले पुनः यही पार्टी रोजेका हौँ,” उनले भने...
प्रतिनिधि सभा निर्वाचन २०८२ : प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा, ४ सिटको नतिजा आउन बाँकी

प्रतिनिधि सभा निर्वाचन २०८२ : प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा, ४ सिटको नतिजा आउन बाँकी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। अब केवल चार वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुन बाँकी रहेको छ। पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेले एक–एक सिटमा अग्रता बनाइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले गोरखा–१ मा अग्रता कायम राखेको छ भने नेपाली कांग्रेसले इलाम–१ मा र नेकपा एमालेले सङ्खुवासभा–१ मा अग्रता बनाइरहेको छ। यता धनुषा–१ को मत परिणाम भने हाल सार्वजनिक नगर्ने निर्णय निर्वाचन आयोगले गरेको जनाएको छ। हालसम्म सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै १२४ सिट जित्दै अग्रस्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ सिट जितेको छ भने नेकपा एमालेले ८ सिटमा जित हात पारेको छ। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी ७ सिटसहित चौथो स्थानमा रहेको छ। श्रम संस्कृ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज