Advertisement

हाम्रो बारेमा

देशभर बदली, केही प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने

देशभर बदली, केही प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रहने छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भूभाग तथा मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, लुम्बिनीको तराई, कर्णाली र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ। आज राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई, मधेश प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराईका थोरै भूभागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।...
चीनमा १० लाख वर्ष पुरानो खोपडीको अध्ययन

चीनमा १० लाख वर्ष पुरानो खोपडीको अध्ययन

Breaking News 1, अन्तर्राष्ट्रिय, समाचार
चीनमा सन् १९९० मा फेला परेको झन्डै १० लाख वर्ष पुरानो खोपडीको डिजिटल पुनर्निर्माणले मानव विकासबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ। अध्ययनअनुसार, आधुनिक मानवका पुर्खाहरू पहिले अनुमान गरिएभन्दा करिब चार लाख वर्ष अगाडि नै फरक समूहमा विभाजित भइसकेका थिए। यसले मानव विकासको प्रारम्भिक चरण अफ्रिकाभन्दा एसियामा नै हुनसक्ने सङ्केत दिएको छ। ‘युन्जियन–२’ नाम दिइएको उक्त खोपडी सुरुमा होमो इरेक्टस को अवशेष मानिएको थियो। तर अत्याधुनिक सीटी स्क्यानिङ, स्ट्रक्चर लाइट इमेजिङ र भर्चुअल पुनर्निर्माण प्रविधिबाट गरिएको अध्ययनले यसमा होमो लोङ्गी र होमो सेपियन्ससँग मिल्ने विशेषताहरू पाइएको छ। यसले मानव विकासको जटिलता धेरै पहिले नै सुरु भएको देखाएको छ। लन्डन नेचुरल हिस्ट्री म्युजियमका मानवशास्त्री तथा अनुसन्धान टोलीका सदस्य क्रिस स्ट्रिङ्गरका अनुसार झन्डै १० लाख वर्षअघि नै मानव पुर्खाहरू विभिन्न समूहमा विभ...
छबिसपाथिभेरामा सुर्मा आधारभूत विद्यालयमा शिक्षक धामीद्वारा शैक्षिक अक्षयकोष स्थापना

छबिसपाथिभेरामा सुर्मा आधारभूत विद्यालयमा शिक्षक धामीद्वारा शैक्षिक अक्षयकोष स्थापना

Breaking News 1, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ- छबिसपाथिभेरा गाउँपालिका–७ मा रहेको सुर्मा आधारभूत विद्यालयमा ५० हजार ५ सय ५५ रुपैयाँको शैक्षिक अक्षयकोष स्थापना गरिएको छ। स्थानीय तथा शिक्षक र पूर्व पत्रकार सुनिल धामीले आफ्ना स्वर्गीय बाजे गोवर्धन धामी र स्वर्गीय बज्यै शर्मा धामीको सम्झनामा अक्षयकोष स्थापना गरेका हुन्। २०४४ सालमा तत्कालीन लेकगाउँ गाउँ पञ्चायत प्रधान निर्वाचित भएका गोवर्धन धामी २०४९ सालमा गाविस अध्यक्ष र २०५५ सालमा वडा अध्यक्ष निर्वाचित हुँदै लोकप्रिय जननेता बनेका थिए। राजनीतिक जीवनसँगै सामाजिक र शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै उहाँ विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत रहेका थिए। २०७२ सालमा सोही पदमै रहँदै उहाँको निधन भएको थियो। “बाजेको सपना अनुसार विद्यालय र विद्यार्थीको भविष्यमा योगदान पुगोस् भन्ने मेरो चाहना हो,” अक्षयकोष स्थापनापछि धामीले बताए। अक्षयकोष स्थापनाका अवसरमा विद्यालय व्यवस्थापन...
युनिटी कप टी–२० सिरिजको अन्तिम खेलमा नेपाल पराजित

युनिटी कप टी–२० सिरिजको अन्तिम खेलमा नेपाल पराजित

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
वेस्ट इन्डिजले युनिटी कप टी–२० सिरिजको अन्तिम खेलमा नेपाललाई १० विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.५ ओभरमा अलआउट हुँदै १२२ रनमा समेटियो। वेस्ट इन्डिजले लक्ष्य १२.२ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो। अन्तिम खेलमा हार्दै पनि नेपालले सिरिज २–१ ले आफ्नो पक्षमा पार्न सफल भएको छ।...
बैतडीमा जात्रा हेरेर फर्किँदै गरेकी महिलाको बसको ठक्करबाट मृत्यु

बैतडीमा जात्रा हेरेर फर्किँदै गरेकी महिलाको बसको ठक्करबाट मृत्यु

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीको बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला विद्यालय नजिक सोही नगरपालिका–१ दउनेबाजकी करिब ३०–३२ वर्षीया भागरथी लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। देहिमाण्डौ मेला हेरेर घर फर्किँदै गरेकी लुहारलाई सतबाँजबाट देहिमाण्डौतर्फ जाँदै गरेको महाकाली यातायातको बस (सु.प्र. ०२–००१ ख १०१७) ले ठक्कर दिएको हो।...
आज महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिँदै

आज महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर विभिन्न शक्तिपीठ र मन्दिरमा विशेष पूजाआराधनासहित मनाइँदैछ। महानवमीका दिन घटस्थापनाका दिन राखिएको जमरा शक्तिपीठमा चढाइने परम्परा छ। दसैँघर, कोतलगायत देवी मन्दिरमा दुर्गा भवानीको विशेष पूजा, दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिनुका साथै बोका, हाँस, कुखुरा र राँगाको बलि दिने प्रथा रहिआएको छ। पशुबलि नदिने सात्विकहरूले भने कुभिण्डो, घिरौँला, मूला, काँक्रो र नरिवलसमेत बलि चढाएर पायस अर्पण गर्ने चलन छ। अधिकांश ठाउँमा महाष्टमीका दिन बलि दिने र महानवमीका दिन मार हान्ने प्रथा पनि प्रचलित छ। मार्कण्डेय पुराणअनुसार यसै दिन चामुण्डा देवीले रक्तवीज राक्षसको वध गरेकाले महानवमीलाई विशेष महत्त्व दिइन्छ। कतिपय शक्तिपीठमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने परम्परा पनि छ। नवरात्रको अन्तिम ...
चौकुनेका अध्यक्ष विकद्वारा अनाथ बालबालिकालाई दशैं उपहार: लुगाकपडा र खसी प्रदान

चौकुनेका अध्यक्ष विकद्वारा अनाथ बालबालिकालाई दशैं उपहार: लुगाकपडा र खसी प्रदान

Breaking News 1, कर्णाली प्रदेश, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुर्खेत
सुर्खेत- दशैंको अवसरमा चौकुने गाउँपालिकाका अनाथ बालबालिकालाई नयाँ लुगाकपडा र खसी प्रदान गरिएको छ। चौकुने गाउँपालिका–७ स्थित अनाथ बालगृहमा आश्रय लिइरहेका बालबालिकालाई गाउँपालिका अध्यक्ष खड्क विक (विवश) ले व्यक्तिगत पहलमा उपहार स्वरूप कपडा र खसी दिएका हुन्। अध्यक्ष विकले बालबालिकालाई पसलमै लगेर उनीहरूले मनपर्ने कपडा रोजेर किनिदिएका छन्। उनले यसअघि पनि प्रत्येक प्रमुख चाडपर्वमा अभिभावकविहीन बालबालिकालाई सहयोग गर्दै आएको जनाउँदै यस वर्ष पनि उनीहरूलाई हर्षोल्लासपूर्वक दशैं मनाउन सहयोग गरिएको बताए। “यी बालबालिका समाजकै अमूल्य सम्पत्ति हुन्। अभिभावकको अभावले उनीहरूलाई चाडपर्वमा वञ्चित हुन नदिनु हाम्रो साझा जिम्मेवारी हो,” अध्यक्ष विकले भने। त्यस्तै, अध्यक्ष विकले यसपटक दशैं पनि अनाथ बालबालिकासँगै मनाउने योजना रहेको बताए। स्थानीयवासीले विकको यस्तो पहलले समाजमा अभिभावकविहीन बालबालिकाप्रति ...
सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा, आज देशभर बदली रहने

सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा, आज देशभर बदली रहने

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- गएको एक घण्टामा सुदूरपश्चिमका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। हनुमाननगर नगरपालिकामा मात्र ४४ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशभर साधारणतया आकाश बदली रहनेछ। विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जनसहित मध्यम वर्षा र चट्याङ पर्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, बाँकी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायू कमजोर भए पनि स्थानीय वायूको प्रभाव रहने मौसमविद्हरूको भनाइ छ।...
महाअष्टमीमा महागौरी देवीको पूजा, पञ्चबलि दिने परम्परा

महाअष्टमीमा महागौरी देवीको पूजा, पञ्चबलि दिने परम्परा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
बडादशैं तथा नवरात्रको आठौँ दिन आज दशैंघर तथा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। यस दिन दशैंघर, कोत र देशभरका विभिन्न शक्तिपीठमा बलिसहित दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ। भक्तजनहरूले आफ्ना कुलदेवी, देवता तथा स्थानीय देवीदेवतालाई पूजा गरी बलि दिने चलन छ भने सात्विकहरू नरिवल, कुभिण्डो, केरा, घिरौँला जस्ता फल अर्पण गर्छन्। काठमाडौंको दशैंघर हनुमानढोकास्थित मूल चोकमा तलेजु भवानीलाई परम्पराअनुसार ५४ राँगा र ५४ बोका बलि दिने प्रथा रहेको छ। महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्रि मानी रातभर गुप्तपूजा गर्ने चलन छ। विशेषगरी आजको दिन पञ्चबलि दिने परम्परा छ, जसमा बोका, राँगा, परेवा, हाँस र भेडा पर्दछन्। धार्मिक ग्रन्थअनुसार यी पाँच पशु बलि प्रतीक मात्र हुन्, जसले अंहकार, मोह, मद, लोभ र बिक्रित प्रवृत्तिलाई त्याग्ने सन्देश दिन्छन्। कतिपयको भनाइम...
वेस्ट इन्डिजमाथि नेपालको शानदार जित, एक खेल अगावै शृङ्खला जित्यो

वेस्ट इन्डिजमाथि नेपालको शानदार जित, एक खेल अगावै शृङ्खला जित्यो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपालले वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खला एक खेल अगावै जितेको छ। गएराती शारजाह क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो। यसअघि पहिलो खेलमै वेस्ट इन्डिजलाई हराएर ऐतिहासिक जित हासिल गरेको नेपालले दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै शृङ्खला पक्का गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। नेपालका लागि आसिफ शेखले ४७ बलमा ८ चौका र २ छक्कासहित अविजित ६८ रन प्रहार गरे। त्यस्तै, सन्दीप जोराले ३९ बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै ६३ रन जोडे। मोहम्मद आदिल आलमले ११ रन योगदान गरे। जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भयो। वेस्ट इन्डिजका लागि जेसन होल्डरले १५ बलमा २ छक्कासहित सर्वाधिक २१ रन बनाए भने एकिम अगष्टले १...
बैतडीमा महिला मतदाता पुरुषभन्दा बढी

बैतडीमा महिला मतदाता पुरुषभन्दा बढी

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता प्रक्रिया सुरु भएसँगै जिल्लामा मतदाता र उम्मेदवारको विषयमा चर्चा बढेको छ। बैतडीमा महिला मतदाताको संख्या पुरुषभन्दा एक हजार ७३९ ले बढी छ। कुल एक लाख ४० हजार २०१ जना मतदातामध्ये महिला ७० हजार ९६९ र पुरुष ६९ हजार २३० जना रहेका छन्। तर, अहिलेसम्म प्रमुख राजनीतिक दलहरूले प्रतिनिधि सभामा महिला उम्मेदवारलाई अवसर दिन सकेका छैनन्। जिल्लाको जनगणना तथ्याङ्कअनुसार पनि महिलाको संख्या पुरुषभन्दा बढी छ। २०७८ सालको जनगणना अनुसार जिल्लाको कुल जनसंख्या दुई लाख ४२ हजार १५७ मध्ये महिला एक लाख २८ हजार २९३ र पुरुष एक लाख १३ हजार ८६४ जना रहेका छन्। यस आधारमा महिलाको संख्या पुरुषभन्दा १४ हजार ४२९ ले बढी भएको हो।...
केदारस्यूँको रायल स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दो, टाइफसका केस सर्वाधिक

केदारस्यूँको रायल स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दो, टाइफसका केस सर्वाधिक

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ- केदारस्यूँ गाउँपालिका–१ देउरामा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा पछिल्लो समय बिरामीको संख्या तीव्र रूपमा बढ्दै गएको छ। असोज महिनामात्र दुई सयभन्दा बढी बिरामीले उपचार सेवा लिएको स्वास्थ्य केन्द्रले जनाएको छ। केन्द्रको तथ्यांकअनुसार असोज महिनामा ओपीटीतर्फ १९३ जना र इमर्जेन्सी सेवामा १०४ जनाले उपचार सेवा लिएका छन्। स्वास्थ्य केन्द्र प्रमुख डा. हरिश बहादुर मल्लका अनुसार हाल सबैभन्दा बढी टाइफसका बिरामी आउने गरेका छन्। त्यसपछि स्क्रब टाइफस र भाइरल ज्वरोका केसहरू बढी देखिएका छन्। डा. मल्लका अनुसार टाइफस दूषित खाना तथा पानीका कारण हुने रोग हो भने स्क्रब टाइफस जंगलमा बस्ने क्रिनाको टोकाइबाट सर्ने रोग हो, त्यस्तै भाइरल ज्वरो मौसम परिवर्तन र दुषित बाताबरणका कारणले बढ्ने गर्दछ । यससँगै चोटपटकका बिरामीको संख्या समेत पहिलेको तुलनामा बढेको स्वास्थ केन्द्रको तथ्यांकले देखाएको छ। दशैं पर्व ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज