Advertisement

बझाङमा उपाध्यक्षसहितको टोली चढेको सरकारी स्कारपियो दुर्घटना

Advertisement

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिकाका उपाध्यक्ष जनक बहादुर दौल्याल सहितको टोली सवार सरकारी स्कारपियो दुर्घटना भएको छ । जिल्लाको बागथला बुङ्गल सडक खण्ड अन्तर्गत केदारस्यूँ गाउँपालिका–४ रतागडा खोलामा सोमबार राति उपाध्यक्षसहितको टोली सवार सरकारी स्कारपियो जिप दुर्घटना भएको हो ।

बुङ्गल नगरपालिकाको झापा स्थित कन्या माध्यमिक विद्यालयमा आयोजित प्रथम भीम-सुवास बि.सि.एस् सुपरकप क्रिकेट प्रतियोगिता हरेर फर्किने क्रममा गाउँपालिकाको सु.प.प्र.०१–००१ झ ३७८ नम्बरको सरकारी स्कारपियो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पालिका गाडी चालक दुर्गाथलि-१ का कुबेर बिष्टले चलाएको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५–६ मिटर तल खसेको जनाइएको छ ।
जिपमा चालकसहित ६ जना सवार रहेका थिए।

उक्त गाडीमा उपाध्यक्ष दौल्याल, वडा नं ७ का वडाध्यक्ष सुरज बहादुर दौल्याल, जयपृथ्वी नगरपालिकाका- ९ का हंश बहादुर धामी, जयपृथ्वी नगरपालिका- ८ का साजन जोशी, दुर्गाथली गाउँपालिका- १ का दिनेश थापा र गाडी चलाक बिष्ट सवार रहेका थिए ।

हंस धामीको दायाँ हात र चालक बिष्टको आँखा माथि चोट लागेको छ, भने अन्य सकुशल रहेका अस्थायी प्रहरी पोष्ट बागथलाले जनाएको छ ।
दुर्घटनापछि सबै जना अर्को सवारी साधनमार्फत सम्बन्धित स्थानतर्फ गएको जनाइएको छ। स्कारपियो दुर्घटना भएकै ठाउँमा रहेको समेत प्रहरीले जनाएको छ ।

प्रथम भीम-सुवास बि.सि.एस् सुपरकप क्रिकेट प्रतियोगिताको उपाधि पनि दुर्गाथलि-७ टिकापुर युथ क्लबले जितेको थियोे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज