Advertisement

जेनजीका नाममा कर्मचारीलाई धम्क्याउने शाही ठगी र चेक बाउन्सका अभियुक्त

Advertisement

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमसम्म पुगेर अनुगमन र ज्ञापनपत्रको नाममा धम्क्याएको थियो ।

कतिसम्म भने, घरबाटै थुत्नेदेखि राजीनामा दिनुस् भन्दै निर्देशनसम्म दिने गरेको सार्वजनिक भिडिओहरूमा देखिन्छ, सुनिन्छ ।

केही दिनअघि मात्रै नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा पुगेको शाहीको टोलीले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा नै माग गरेको थियो ।

शाहीले बिना तथ्यांक संस्था किन निरन्तर घाटामा गइरहेको छ ? भन्दै प्रश्न गर्छन् । जवाफमा महानिर्देशक अधिकारीले क्यान कहाँ घाटामा गएको छ भन्दै प्रतिप्रश्न गरेको देखिन्छ ।

त्यसपछि प्राइभेटहरूलाई मात्रै फोकस गर्ने नेपाल वायु सेवा निगम किन घाटामा, किन सरकारी जहाज छैनन् जस्ता प्रश्न गर्छन् । जहाज किन्ने आफ्नो क्षेत्राधिकार नै नभएको अधिकारीले सम्झाउँछन् ।

संसदीय छानबिन समितिले १५ अर्ब घोटाला गरेको भनेर किटान गर्दा पनि एक्लै च्यालेन्ज गरेर बस्ने भन्दै शाही धम्क्याउने शैलीमा प्रस्तुत हुन्छन् । प्रमाण ल्याओस् म सजाय भोग्न तयार हु भन्दै अधिकारीले प्रतिवाद गरेको भिडिओमा सुनिन्छ ।

‘ठाउँ खाली गर्नुस्, काम गर्न अर्को आउँछ,’ शाहीले महानिर्देशक अधिकारीलाई धम्क्याउँछन् ।

सरकारले हटाओस् न त भन्ने किसिमको जवाफ अधिकारीले दिएको सुनिन्छ । तर जेनजी अगुवा भनिएका शाही स्वेच्छिक राजीनामा दिनुस्, काम गर्न नसक्ने मान्छे किन बस्ने भन्दै धम्क्याउने शैलीमा प्रस्ततु हुन्छन् ।

शाहीलाई लाई त्यतिबेला युवा-युवतीहरूलाई विदेश पठाउँछु भनेर ८ लाख ठगी गरेको आरोपमा पक्राउ गरिएको थियो । वैदेशिक ठगीको कसुरमा वैदेशिक रोजगार विभागले कारबाही गर्ने कानुनी प्रावधानअनुसार उनलाई विभाग पठाइएको थियो ।

कर्मचारीले भ्रष्टाचार गरेको वा संसदीय समितिको प्रतिवेदनअनुसार कारबाही नै अघि बढाएको भए पनि त्यो सरकारको कार्यक्षेत्रभित्र पर्छ । तर शाही भने विभिन्न सरकारी कार्यालयमा जाँदै धम्क्याउँदै राजीनामा माग्नेसम्मका हर्कत गरिरहेका छन् ।

यतिमात्रै होइन, शाहीकै टिमले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई त घरबाटै थुत्नेसम्मको अभिव्यक्ति दिएको थियो ।

वायु सेवा निगमको कार्यालय पुगेर शाहीले प्रमुखहरूलाई यहाँ बोलाउनुस् भनेर थर्काएका थिए । ‘यो सबै नाटक हो, बोलाउनुस्, नत्र थुतेर ल्याउँछु घरबाट,’ शाहीले निगमका कर्मचारीलाई धम्क्याएका थिए ।

ज्ञापनपत्र बुझ्न आउनु पर्यो । तलै बोलाउनु पर्यो भनेपछि युवराज अधिकारी तल झरेका थिए ।

यसपछि शाहीको टोली अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुग्यो । त्यहाँ पुगेर लडफा सुरु गर्यो । अख्तियारमा पनि उनीहरूले प्रमुख आयुक्त प्रेम राईसँग भेट्ने समय मिलाउन भने ।

समय मिलेपछि भेट गराउने अख्तियारका कर्मचारीले बताए । त्यसपछि भने शाही जंगिए, ‘सोझो हिसाबले कर्मचारीतन्त्रलाई नगाल्ने रैछ । हामीले जनतालाई के म्यासेज दिने, भित्र भेट्न दिएन भन्ने ? टाइमको कुरै नगर्नुस् । हामी विथआउट टाइमिङ आएको हो । मन्त्रालयमा हरेक ठाउँमा विथआउट टाइमिङ गइरहेका छौं । संवैधानिक आयोगका १२ वटा निकायमा हामी पुगिसकेका छौं । अख्तियारमा मात्र किन भेट्न नमिल्ने ? उजुरीको कुरै छैन, यस्ता त कति हुन्छन्, कति हुन्छन् ।’

वैदेशिक ठगीदेखि चेक बाउन्ससम्मका अभियुक्त

अनुगमन र ज्ञापनपत्रको नाममा सरकारी कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने तिनै शाही वैदेशिक ठगी र चेक बाउन्सका अभियुक्त रहेको पाइएको छ ।

उनीविरुद्ध श्रीकृष्ण फुयालले प्रहरी वृत्त महाराजगञ्जमा चेक बाउन्सको कसुरमा उजुरी दिएका थिए । फुयालका अनुसार शाहीले आफ्नो कार्यालयबाट कम्युटर, क्यामेराहरू शाहीले लगेका थिए । त्यसवापत फुयाललाई चेक दिएका थिए ।

रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउस चलाएका शाहीका पार्टनर होमराज खोपाङ्गी मगर थिए । उनीहरूले तीनवटा चेकमार्फत ३ लाख ८० हजार उल्लेख गरेर फुयाललाई दिएका थिए । तर खातामा रकम नभएपछि उक्त चेक साटिएन ।

चेक बाउन्स भएपछि रेड स्टारको खातासमेत कालोसूचीमा रोखिएको थियो । त्यसपछि भने फुयालले प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए ।

वृत्त स्रोतले पनि शाहीविरुद्ध चेक बाउन्सको जाहेरी आएको पुष्टि गर्‍यो । ‘जाहेरी आएको हो । यो विषयमा अनुसन्धान जारी छ,’ प्रहरी स्रोतले अनलाइनखबरसँग भन्यो ।

चेक बाउन्स मुद्दामा पक्राउ गरेर वृत्त महाराजगञ्जले अनुसन्धान अघि बढाउन खोज्दा शाही अर्को एउटा मुद्दामा समेत पक्राउ परेको खुल्यो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाले शाहीलाई वैदेशिक रोजगारी सम्बन्धीको कसुरमा २८ वैशाख २०८२ मा पक्राउ गरेको थियो ।

प्रहरी वृत्त महाराजगंजले लेखेको पत्र ।

प्रहरी स्रोतका अनुसार उनलाई त्यतिबेला विभिन्न युवायुवतीलाई विदेश पठाउँछु भनेर ८ लाख ठगी गरेको आरोपमा पक्राउ गरिएको थियो । वैदेशिक ठगीको कसुरमा वैदेशिक रोजगार विभागले कारबाही गर्ने कानुनी प्रावधानअनुसार उनलाई विभाग पठाइएको थियो ।

जापान पठाउने भन्दै ठगी गरेको आरोप शाहीमाथि छ । सुवास तामाङ नाम गरेका व्यक्तिले वैदेशिक ठगीको कसुरमा उनीविरुद्ध उजुरी दिएका थिए ।

फुयालभन्दा अघि प्रहरी वृत्त महाराजगञ्जमै रोजिना थापा नाम गरेकी महिलाले शाहीविरुद्ध चेक बाउन्स (बैंकिङ कसुर)को जाहेरी दिएकी थिइन् । शाहीले आफ्नो सिटिजन्स बैंकको चेकमा १० लाख ३० हजार रुपैयाँ उल्लेख गरी दिएको तर रकम नभएकाले चेक नसाटिएको भन्दै वृत्त महाराजगञ्जमा २७ वैशाख २०८१ मा उजुरी दर्ता भएको थियो ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी टिकाराम ढकालका अनुसार शाही त्यतिबेला गम्भीर रोगका बिरामी भन्दै अस्पताल भर्ना हुन खोजेका थिए । पीडित पक्षलाई रकम तिर्ने सहमति गरेर उनी छुटे । ‘पीडितले रकम पाएन नपाएको भन्ने अहिलेसम्म हामीलाई केही खबर आएको छैन,’ ढकालले भने ।

उनीविरुद्ध विद्या श्रेष्ठ नाम गरेकी महिलाले प्रहरी वृत्त स्वयम्भूमा २३ वैशाख २०८२ मा उजुरी दर्ता गराएकी थिइन् । व्यापार विस्तार गर्न रकम चाहिएको भन्दै १० लाख रुपैयाँ सापटी लगेको र त्यस वापत उनले प्रभु बैंकको खातामार्फत २२ सेम्टेम्बर २०२४ को मिति उल्लेख गरेर चेक दिएका थिए । तर रकम भएकाले चेक नसाटिएपछि ती महिलाले गत वैशाखमा उजुरी दिएकी थिइन् ।

२३ पुस २०८१ मा प्रहरी वृत्त बौद्धमा अर्को चेक बाउन्सको उजुरी उनीविरुद्ध परेको प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा देखिन्छ । बौद्ध प्रहरीमा उनीविरुद्ध ७ लाख रुपैयाँ बराबरको चेक बाउन्सको उजुरी परेको थियो ।

पछि विभागबाट भने उनी धरौटीमा रिहा भएको स्रोतले बतायो । त्यसैमा यता फुयालको मुद्दा भने अहिले पनि प्रहरीकैमा छ ।

उनै शाही जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने भएपछि शीतल निवास पुगेका थिए । जेनजी अगुवा सुदन गुरुङको छेउमा बसेका उनीहरूले एकअर्काको हात समाउँदै उठाएका थिए ।

वैदेशिक ठगी र चेक बाउन्सका अभियुक्तलाई रेड कार्पेट ओच्छ्याएपछि पीडितहरू भने न्याय पाउनेमा झनै सशंकित भएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण कार्यक्रममा पुगेका शाही (रातो घेरामा) ।

इलामको उपचुनावमा ल्याएका थिए ५५ भोट

अहिले जेनजीको नाममा सरकारी कार्यालयहरूमा गएर कर्मचारीलाई निर्देशन दिनेदेखि राजीनामा गर्नुस्, थुतेर ल्याउँछु भन्नेसम्मको अभिव्यक्ति दिने शाही यसअघि चुनावसमेत लडैको व्यक्ति भएको पाइएको छ ।

एमाले नेता सुवास नेम्वाङको निधन भएपछि रिक्त भएको इलाम–२ मा शाहीले उम्मेदवारी दिएका थिए । प्रतिनिधिसभा उम्मेदवार हुन कम्तीमा २५ वर्ष पूरा भएको हुनुपर्ने हुन्छ । ८ मंसिर २०५५ मा जन्मिएका उनी उम्मेदवार बन्दा बल्लबल्ल २५ वर्ष पूरा भएका थिए ।

१५ वैशाख २०८१ मा इलाम–२ को उपचुनावमा भाग लिने उनी सबैभन्दा कान्छा उम्मेदवार दिए ।

स्वतन्त्र उम्मेदवार बनेका उनको चुनाव चिह्न प्रिन्टर थियो । एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुँदा शाहीले भने जम्मा ५५ मत ल्याएका थिए ।

अन्लाईन खबरबाट साभार

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज