मोरङको कटहरी गाउँपालिका–२ मा महिलाले आफ्नै पतिको गोप्य अंग काटिदिएकी छन्।
मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार आपसी विवादका क्रममा ३० वर्षीया महिलाले ३२ वर्षीय कामत थरका पुरुष (नाम गोप्य राखिएको) को लिंग धारिलो हतियारले प्रहार गरेकी हुन्।
सोमबार राति भएको विवादपछि महिलाले धारिलो हतियार प्रयोग गरेकी हुन्। घटनामा पुरुषको गोप्य अंग आधा काटिएको जिल्ला प्रहरी कार्यालय मोरङकी सूचना अधिकारी डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।
‘धारिलो हतियारको प्रहारबाट पुरुषको गोप्य अंग आधा छिनिएको छ,’ डीएसपी चुँडालले भनिन्, ‘घाइतेको कोसी अस्पतालमा उपचार भइरहेको छ भने महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।’
प्रहरीका अनुसार ती दम्पती मोरङको जहदा गाउँपालिका–३ का स्थायी बासिन्दा भए पनि कटहरी–२ मा डेरामा बस्दै आएका थिए। घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
-साभार नेपाल खबर

