Advertisement

पश्चिम सेती सरोकार समाजको बैठक सम्पन्न, प्रभावित क्षेत्रको तथ्यांक संकलनदेखि सेयर वितरणसम्मका निर्णय…

Advertisement

देउरा- बझाङमा पश्चिम सेती जलविद्युत परियोजना अन्तर्गत पश्चिम सेती सरोकार समाजको बैठक बसेको छ ।
केदारस्यूँ गाउँपालिका-१ देउरमा मंगलबार वातावरणीय प्रभाव मुल्यांकन सम्बन्धि रिपोर्ट संकलन लगायतका बिषयमा छलफल गर्न बैठक बसेको हो ।

समाजका अध्यक्ष इन्द्रबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले तथ्यांक संकलन, सेयर वितरण र सार्वजनिक सुनुवाइ सम्बन्धि छलफल गरेको जनाइएको छ।
भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडले निर्माण गर्ने पश्चिम सेती जलविद्युत परियोजनाको वातावरणीय अध्ययन गरि डिपिआर(DPR) निर्माणका लागि आयोजनाबाट प्रभावित क्षेत्रको तथ्यांक संकलन गरिने भएको छ । उक्त क्षेत्रमा रहेका आर्थिक,भौतिक, सांस्कृतिक, धार्मिक, जल, वातावरणफ जंगल,बाटोघाटो,बिरुवा, जग्गाजमिन गरि सबै पक्षको तथ्यांक संकलन गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।
प्रभावित क्षेत्रमा केदारस्यूँ गाउँपालिका वडा नं १, २ थलारा गाउँपालिका वडा नं १,२ र बित्थडचिर गाउँपालिका वडा नं ९ रहेका छन् ।
प्रभावित क्षेत्रका बासिन्दाहरूको २० प्रतिशत सेयर निर्माण कम्पनीले प्रत्येक व्यक्तिको नाममा नि:शुल्क राखिदिनुपर्ने निर्णय पनि गरिएको छ ।
त्यस्तै सार्वजनिक सुनुवाइ गर्ने समयमा परियोजनाको विवरण सहितको प्रस्तुतीकरण गरिसार्वजनिक सुनुवाइको बाँकी अंक अगाडि बढाउने निर्णय समेत गरिएको हो ।

समाजका अध्यक्ष भण्डारीको अध्यक्षता सुरुभएको कार्यक्रममा पूर्व संविधानसभा सदस्य शंकर खड्का प्रमुख अतिथि रहनुभएको थियोे, भने केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहरा विशिष्ट अतिथि रहनुभएको थियोे ।
कार्यक्रमको सुरुमै कम्पनीको तर्फबाट आएका दिनेश चन्द्र जोशीले कम्पनी र कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए। त्यसपछि प्रभावित क्षेत्रका व्यक्तिहरूले विभिन्न मागहरू जस्तैः रोजगारी, पुनर्बास, सेयर वितरण तथा मुआब्जासम्बन्धी कुरा राखेका थिए।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बोहराले प्रभावित क्षेत्रका वासिन्दाहरूका मागहरू सम्बोधन गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए । उनलेे तथ्याङ्क संकलन गर्दा कोही पनि नछुटिने गरी सावधानी र चनाखोपन अपनाउनुपर्नेमा जोड दिए।
त्यसैगरी प्रमुख अतिथि पूर्व संविधानसभा सदस्य खड्काले प्रभावितहरूले उठाएका मागहरूसँग आफ्नो समर्थन रहेको बताउँदै पुनर्बास अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्नेमा जोड दिए। उनलेे प्रभावितसँग हुने छलफलमा सरकारी निकायका प्रतिनिधि र कम्पनीका जिम्मेवार अधिकारी उपस्थित हुनुपर्ने बताउँदै, “यदि प्रभावितका मागहरू बेवास्ता गरियो वा दमनको प्रयास गरियो भने जनस्तरबाट विद्रोह हुन सक्ने धारण राखे ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष भण्डारीले सबै वर्ग, जाति र समुदायको प्रतिनिधित्व हुने गरी छलफल र निर्णय अघि बढाइने बताए ।

चार दशकदेखि अलपत्र रहेको पश्चिम सेती जलविद्युत् आयोजना हाल भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडमार्फत ८०० मेगावाट क्षमतामा अघि बढ्न थालेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज