Advertisement

पश्चिम सेती सरोकार समाजको बैठक सम्पन्न, प्रभावित क्षेत्रको तथ्यांक संकलनदेखि सेयर वितरणसम्मका निर्णय…

Advertisement

देउरा- बझाङमा पश्चिम सेती जलविद्युत परियोजना अन्तर्गत पश्चिम सेती सरोकार समाजको बैठक बसेको छ ।
केदारस्यूँ गाउँपालिका-१ देउरमा मंगलबार वातावरणीय प्रभाव मुल्यांकन सम्बन्धि रिपोर्ट संकलन लगायतका बिषयमा छलफल गर्न बैठक बसेको हो ।

समाजका अध्यक्ष इन्द्रबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले तथ्यांक संकलन, सेयर वितरण र सार्वजनिक सुनुवाइ सम्बन्धि छलफल गरेको जनाइएको छ।
भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडले निर्माण गर्ने पश्चिम सेती जलविद्युत परियोजनाको वातावरणीय अध्ययन गरि डिपिआर(DPR) निर्माणका लागि आयोजनाबाट प्रभावित क्षेत्रको तथ्यांक संकलन गरिने भएको छ । उक्त क्षेत्रमा रहेका आर्थिक,भौतिक, सांस्कृतिक, धार्मिक, जल, वातावरणफ जंगल,बाटोघाटो,बिरुवा, जग्गाजमिन गरि सबै पक्षको तथ्यांक संकलन गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।
प्रभावित क्षेत्रमा केदारस्यूँ गाउँपालिका वडा नं १, २ थलारा गाउँपालिका वडा नं १,२ र बित्थडचिर गाउँपालिका वडा नं ९ रहेका छन् ।
प्रभावित क्षेत्रका बासिन्दाहरूको २० प्रतिशत सेयर निर्माण कम्पनीले प्रत्येक व्यक्तिको नाममा नि:शुल्क राखिदिनुपर्ने निर्णय पनि गरिएको छ ।
त्यस्तै सार्वजनिक सुनुवाइ गर्ने समयमा परियोजनाको विवरण सहितको प्रस्तुतीकरण गरिसार्वजनिक सुनुवाइको बाँकी अंक अगाडि बढाउने निर्णय समेत गरिएको हो ।

समाजका अध्यक्ष भण्डारीको अध्यक्षता सुरुभएको कार्यक्रममा पूर्व संविधानसभा सदस्य शंकर खड्का प्रमुख अतिथि रहनुभएको थियोे, भने केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहरा विशिष्ट अतिथि रहनुभएको थियोे ।
कार्यक्रमको सुरुमै कम्पनीको तर्फबाट आएका दिनेश चन्द्र जोशीले कम्पनी र कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए। त्यसपछि प्रभावित क्षेत्रका व्यक्तिहरूले विभिन्न मागहरू जस्तैः रोजगारी, पुनर्बास, सेयर वितरण तथा मुआब्जासम्बन्धी कुरा राखेका थिए।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बोहराले प्रभावित क्षेत्रका वासिन्दाहरूका मागहरू सम्बोधन गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए । उनलेे तथ्याङ्क संकलन गर्दा कोही पनि नछुटिने गरी सावधानी र चनाखोपन अपनाउनुपर्नेमा जोड दिए।
त्यसैगरी प्रमुख अतिथि पूर्व संविधानसभा सदस्य खड्काले प्रभावितहरूले उठाएका मागहरूसँग आफ्नो समर्थन रहेको बताउँदै पुनर्बास अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्नेमा जोड दिए। उनलेे प्रभावितसँग हुने छलफलमा सरकारी निकायका प्रतिनिधि र कम्पनीका जिम्मेवार अधिकारी उपस्थित हुनुपर्ने बताउँदै, “यदि प्रभावितका मागहरू बेवास्ता गरियो वा दमनको प्रयास गरियो भने जनस्तरबाट विद्रोह हुन सक्ने धारण राखे ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष भण्डारीले सबै वर्ग, जाति र समुदायको प्रतिनिधित्व हुने गरी छलफल र निर्णय अघि बढाइने बताए ।

चार दशकदेखि अलपत्र रहेको पश्चिम सेती जलविद्युत् आयोजना हाल भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडमार्फत ८०० मेगावाट क्षमतामा अघि बढ्न थालेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज