Advertisement

विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायलले नै नेपाल पठाउने तयारी

Advertisement

हमासद्वारा मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (ICRC) ले इजरायली सेनालाई जिम्मा लगाएको छ। हाल उनको शव तेल अवीभस्थित सैनिक अस्पतालमा राखिएको छ।

त्यहाँ डिएनए परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै शव नेपाल पठाउने तयारी भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, “हमासले विपिन जोशीको भनेर बुझाएको शव डिएनए परीक्षणपछि मात्र पुष्टि हुनेछ।

रिपोर्ट आउन करिब चार घण्टा लाग्ने भनिएको छ। त्यसपछि मात्रै नेपाल पठाउने प्रक्रिया सुरु हुन्छ,” उनले भने। उनका अनुसार शवलाई इजरायल सरकारले नै कफिनमा बन्द गरेर नेपाल पठाइदिने तयारी गरेको छ। त्यसका लागि अझै केही दिन लाग्ने अनुमान गरिएको छ।

अध्ययनका सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने हमास लडाकुहरूले विपिनलाई आफूसँगै लगेका थिए।

त्यसयता उनको अवस्था अज्ञात रहँदै आएको थियो। तर इजरायल–हमास युद्धविरामपछि मंगलबार बिहान इजरायली सेनाका अधिकारीहरूले विपिनको मृत्यु भएको औपचारिक जानकारी दिएका थिए। बन्दीहरू मुक्त गर्ने क्रममा हमासले मंगलबार विपिनको शव रेडक्रसमार्फत हस्तान्तरण गरेको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज