Advertisement

विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायलले नै नेपाल पठाउने तयारी

Advertisement

हमासद्वारा मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (ICRC) ले इजरायली सेनालाई जिम्मा लगाएको छ। हाल उनको शव तेल अवीभस्थित सैनिक अस्पतालमा राखिएको छ।

त्यहाँ डिएनए परीक्षणलगायतका आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै शव नेपाल पठाउने तयारी भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, “हमासले विपिन जोशीको भनेर बुझाएको शव डिएनए परीक्षणपछि मात्र पुष्टि हुनेछ।

रिपोर्ट आउन करिब चार घण्टा लाग्ने भनिएको छ। त्यसपछि मात्रै नेपाल पठाउने प्रक्रिया सुरु हुन्छ,” उनले भने। उनका अनुसार शवलाई इजरायल सरकारले नै कफिनमा बन्द गरेर नेपाल पठाइदिने तयारी गरेको छ। त्यसका लागि अझै केही दिन लाग्ने अनुमान गरिएको छ।

अध्ययनका सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने हमास लडाकुहरूले विपिनलाई आफूसँगै लगेका थिए।

त्यसयता उनको अवस्था अज्ञात रहँदै आएको थियो। तर इजरायल–हमास युद्धविरामपछि मंगलबार बिहान इजरायली सेनाका अधिकारीहरूले विपिनको मृत्यु भएको औपचारिक जानकारी दिएका थिए। बन्दीहरू मुक्त गर्ने क्रममा हमासले मंगलबार विपिनको शव रेडक्रसमार्फत हस्तान्तरण गरेको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज